काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले देश मारवाडी सेवा समिति जस्ता समितिहरूले चलाएको भन्दै सरकार तथा सरकारी निकायको तीब्र आलोचना गरेका छन्।
महानगरको टोलीले गौशाला धर्मशालामा बोर्ड राख्न लाग्दा मारवाडी सेवा समितिका पदाधिकारी तथा सदस्यले विरोध गरेपछि मेयर शाहको पछिल्लो प्रतिक्रिया आएको हो।
प्रहरीले मारवाडी सेवा समितिको संरक्षण गरेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले देश त्यस्ता समितिहरूबाट चलेको रहेछ भन्दै प्रतिक्रिया दिएका हुन्।
उनले लेखेका छन्, ‘नाजायज सम्बन्धबाट सम्झौता गरी गौशाला धर्मशालाको नाममा मारवाडी सेवा समितीले ९ रोपनी ९ आना २ पैसा जग्गा वर्षौंदेखि केही हजार रुपैयाँ तिरेर हडपेको जग्गा अदालतले दाबी पुग्दैन भनेर पशुपति विकास कोषलाईनै जिम्मा दिन्छ, अनि कोषले महानगरलाई धर्मशाला तथा असक्तहरुलाई निशुल्क खाना र औषधि उपचार गर्न भनेर दिएको कुरा अहिलेलाई संरचना महानगरले संरक्षण गर्न खोज्दा नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर त्यो समितिको संरक्षण गर्छ भने बुझे हुन्छ देश चलेको त यस्तै समितिबाट पो रहेछ।
अनि हामी चाहिँ प्रहरी र सरकारले देश चलाएको भन्दै भ्रममा रहेछौं।‘