आइत, जेष्ठ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

मध्यपूर्ब अब साच्चै नै पुग्न लागेको हो महायुद्धको सँघारमा

धारणा न्यूज by धारणा न्यूज
७ महिना अगाडि
0
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-लोकनारायण सुबेदी

मध्यपूर्बमा यतिबेला एउटा महायुद्धक्रै दुन्दभी बज्न थालेको गम्भीर स्थिति बिकसित भइरहेको प्रतीत हुन्छ । इस्माईल हानियाको इरानमा अतिथिकोरुपमा गएको बेला इजरायलद्वारा योजनबद्ध हत्या गरेपछि इजरायलका बिरुद्ध ईरानले केवल हमलाको चेतावनी मात्र दिएको छैन, त्यसबाट कसरी जोगिने भनेर इजरायल पनि ब्यापक तयारी गरिरहेको बिश्वका बिश्लेषकहरुले औंल्याइरहेका छन् । के मानिदैछ भने १२–१३ अगस्टको सेरोफेरोमा ईरानद्वारा इजरायलामाथि यस्तो आक्रमण हुन सक्छ ।यस सम्बन्धमा के भनिदै छ भने यो आक्रमण भयंकर र भिषण हुन सक्तछ । यस लडाईका लागि दुबै पक्षहरुको हुँदै गरेको मोर्चाबन्दी हेर्दा भयावह लडाईको अनुमान लगाउन सकिन्छ । यदि यो युद्धको खतरनाक आक्रोशलाई समय छँदै रोक्ने उपायहरु खोजिएन भने ब्यापक बर्बादी र बिनाशको अर्को श्रृंखलाको चरण बिश्वमा शुरु हुने कुरालाई कसैले अस्वीकार गर्न सक्तैन । त्यसको भयावह दुष्परिणाम भने सारा संसारभरी पर्ने कुरा निश्चित छ ।
हमासका राजनैतिक प्रमुख इस्माइल हानिया र हिजबुल्लाका उच्च कमाण्डर फाउद शुकरको हत्याबाट इजरायलका बिरुद्ध र ईरानको साथ दिनका लागि लेबनान, यमन, सीरिया र जोर्डन खडा भइसकेका छन् । ईरानले सीरियाबाट इजरायलमाथि ड्रोन हमलाको तयारी गरिसकेको बताइदैछ । अनि जोर्डन र लेबनानका पनि कतिपय आतकंबादी मानिने गरेका संगठनहरु समेत यस लडाईमा इरानलाई साथ दिनका लागि मोर्चाबन्दी गरिरहेको पनि देखिदैछ । केही साता अघि जब हत्या गरिएका हानियालाई कतारको राजधानी दोहामा अन्तिम संस्कार गरिदा कतार र पेलेस्टिनका कतिपय संगठनहरुका बिभिन्न उच्च नेताहरुबाट र कमाण्डरहरुको उपस्थितिले पनि इजरायल बिरुद्धको लडाईलाई अघि बढाउने निकै कडा भावना ब्यक्त भएको थियो ।

यसरी पेलेस्टिनी समर्थक इस्लामिक देशहरुको एकताको बढ्दो तयारीलाई देखेर इजरायलले पनि अफ्नो तयारीलाई जोडदाररुपमा अगाडि बढाइरहेको र बढाइसकेको बताइदैछ ।उसले आफ्ना नागरिकहरुलाई बचाउनको लागि सबै उपाय गर्नका साबधान तुल्याइसकेको र तुल्याइरहेको बताइएको छ । नागरिकहरुलाई उसले भनिसकेको छ कि आफ्ना बम बंकर सेल्टरहरुलाई सफा राख, हमला भएको स्थितिमा डेढ मिनेट भित्र त्यहाँ पुगेर स्वयंलाई सुरक्षित राख्ने तयार गर, पानी, खाद्य सामाग्रीहरु, आवश्यक औषधीहरु थप जाकडी आवश्यक सामाग्रीहरु राख्न पनि उसले आदेश दिइसकेको छ । साथै ब्याट्रीले चल्ने टर्च लाईटहरु पनि किन्न र साथमा राख्न र साबधानीपूर्ण रहन पनि आदेश दिइसकेको छ ।

उता ईरानका कार्यबाहक बिदेशमन्त्री अली बघारीले पनि भनिसकेका छन् कि बितेका १० महिनामा इजरायलद्वारा गाजापट्टीमा जुन घोर अमानबीय ठूलो र नरसंहार गरिएको र बिनाशको ताण्डब मच्चायएको छ त्यस स्थितिलाई अब त्यसलाई रोक्न नितान्त जरुरी भइसकेको छ।उनले चेतावनी दिदै भनेका छन् कि यदि यसो गरिएन भने केवल पश्चिम एशिया मात्र होइन, बिश्वकै शान्ति भयंकर खतरामा पर्न जानेछ । फाउद शुकरको मृत्युबाट अत्यन्तै अप्रसन्न र दुःखी हिजबुल्लाले इजरायलमाथि कयौं मिसाइल दागेको थियो । ती मध्ये कयौं मिसाइलहरुलाई इजरायलले हावामा नै नष्ट तुल्याइदिएको थियो । यसबाट पनि स्पष्ट हुन्छ कि ईरान तथा समर्थक देशहरुमा इजरायलका बिरुद्ध बढ्दो आक्रोश कति तीब्र र घनीभूत बन्दै गएको छ । त्यसलाई सामान्यरुपमा लिन र नजरअन्दाज गर्न मिल्दैन भनिदैछ । यस्तो बढ्दो गम्भीर अप्रसन्नता, लडार्ईको तयारी र दुबै पक्षको मोर्चाबन्दीलाई हेरिरहेका बिश्लेषकहरुले लडाई भड्किन जान नदिन र गम्भीररुपमा अन्तर्राष्ट्रिय शान्तिको प्रयास गर्न अब बिलम्ब भइसकेको औंल्याइरहेका छन् । समय छँदै यस प्रकारको गम्भीर प्रयास गरिएन भने लडाई शुरु भए पछि त्यसलाई ठूलो बिनाश र नरसंहारभन्दा पहिला रोक्न र टार्न धेरै चर्काे पर्नेछ । इजरायलको अप्रसन्नता तुर्कीप्रति पनि निकै बढी नै देखिदै आएको छ । किनभने तुर्कीले हानियाको हत्या हुँदा आफ्नो राष्ट्रिय झण्डा आधा झुकाएर उनको राष्ट्रिय सम्मान गरेको थियो । यसलाई तुर्कीको ईरानप्रतिको समर्थनकोेरुपमा हेरिएको छ ।

हानियाको मृत्युका लागि इजरायलको शक्तिशाली मानिदै आएको गुप्तचर सेवा ‘मोसाद’लाई जिम्मेवार मानिएको छ । जसले प्रमुख ब्यक्तित्वहरुको सुरक्षाका लागि तैनाथ ईरानको ईस्लामिक रिभोल्यूसनरी गार्ड काप्र्स(आईआरजिसी)का दुइजना एजेण्टहरुलाई यस हत्या काण्डका लागि कथितरुपमा पैसा दिएर(जसलाई सुपारी दिने पनि भनिन्छ( उपयोग गरको मानिदैछ । त्यस हत्याका कारण ईरानका राष्ट्रपति मसूद पजिश्कियनका कठिनाईहरु अझ बढ्न पुगेका छन् । हुन पनि उनलाई आफ्नै देशबासीहरुका सामु अतिथिको ठीकसँग सुरक्षा गर्न नसकेको शर्म लाग्ने स्थिति पनि बन्न पुगेको छ । हुन त हानियाको हत्याका लागि जिम्मेवार मानेर पजिश्कियनले दुइ दर्जनभन्दा बढी आईआरजिसी तथा सेक्रेट सर्भिसका अधिकारीहरुलाई पक्राउ पनि गराइसकेका छन्। हानियाको हत्यालाई उनले अत्यन्तै गम्भीरतापूर्ब लिएका छन् । यस हिसाबले पनि उनका लागि के आवश्यक छ भने इजरायलमाथि ईरानले भयंकर ठूलो आक्रमण गर्नेछ ।

हुन पनि हानियाका हत्या जुन अतिथि गृहमा भएको थियो त्यसका कतिपय अधिकारीहरुलाई समेत पक्राउ गरेर राष्ट्रपति पजिश्कियन के खुलासा गर्न चाहिरहेका देखिन्छन् भने हानियाको हत्यालाई उनले अत्यन्तै गम्भीरतापूर्बक लिइरहेका छन् । यसो गर्नु उनका लागि पनि आवश्यक मानिदैछ र उनले इजरायलमाथि ठूलो आक्रमण गर्ने तयार िगरिरहेका छन्् । किनभने ईरान र त्यहाँका जनता के मान्दछन् भने फाउदा तथा हानिया दुबैको हत्याको जिम्मेवार इजरायल नै हो । उसले फाउदाको हत्याको त जिम्मा लिइ पनि सकेको छ । तर हानियाका हत्यालाई न इजरायलले अस्वीकार गरेको छ न स्वीकार नै गरेको छ ।

यद्यपि ईरानले यदि उसले भनेजस्तो इजरायलमाथि आक्रमण गर्नपुग्यो भने पजिश्कियनका समस्याहरु अझ बढ्ने छन् । उनले भर्खरै सम्पन्न चुनाव यसै प्रतिबद्धताकासाथ जितेका थिए कि उनी पश्चिमा देशहरुसँग पनि ईरानको सम्बन्धमा सुधार ल्याउने छन् ।तर स्पष्ट छ कि इजरायलमाथि ईरानको आक्रमण गर्ने अहिलेको पछिल्लो घोषणाले उनी त्यसरी सम्वन्ध सुधार गर्न सक्ने अबस्थामा रहने छैनन् । प्रष्ट छ, पश्चिमा देशहरु इजरायलको साथमा छन् । खुलस्तै छ कि पहिला जस्तै नै अमेरिका, फ्रान्स,बेलायत, अस्ट्रेलिया लगायतका देशहरु इजरायलको पक्षमा खडा हुनेछन्। यद्यपि अमेरिकाको सम्वन्धमा अहिले भ्रमपूर्ण बिभिन्न कुराहरु पनि गरिदैछ ।अमेरिकी राष्ट्रपति जो बाईडेनले बितेको साता मेरिल्याण्ड एयर बेसमा पत्रकारहरुसँग कुराकानी गर्दै के जानकारी दिए भने ‘उनले इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुलाई फोनमा कुरा गर्दै भनेका छन् कि उनीसँग यतिबेला युद्ध बिरामको अवसर छ र यसै दिशामा उनी अघि बढ्नु पर्दछ’ ।अर्कोतिर के पनि भनिदैछ भने अमेरिकाको सैन्य मूख्यालय पेण्टागोनमा यो सम्भाबित युद्धलाई लिएर गम्भीर बिचार बिमर्श पनि चलिरहेको छ । यद्यपि यस आशयको कुराको भने पुष्टी नभएको बताइन्छ । यदि यो युद्ध अघि बढ्यो भने त्यसमा इजरायलको मद्दत गर्न अमेरिकाले सेना पठाउने नै छ । मेरिल्याण्ड एयर बेसमा पत्रकारहरुसँग कुरा गर्दा जो बाईडेनले अमेरिकाका सामुद्रिक बेडाहरुलाई पठाउने कुरा मात्र चलेको थियो भनिदैछ । यस्तो अबसर झण्डै एक बर्ष अगाडि पनि उपस्थित भएको थियो ।तर अमेरिकी प्रशासन त्यतिबेला पनि के निष्कर्शमा पुगेको थियो भने उसले त्यहाँ आफ्ना सैनिक उतार्न पर्ने आवश्यकता छैन । तर अहिले अमेरिकाले के कस्ता कदम चाल्ने हो अनिश्चित नै छ । यो युद्ध टल्ने हो कि अभूतपूर्बरुपमा चर्किने हो अहिले बिश्व खतराको गम्भीर चरणबाट गुज्रिरहेको छ ।

यद्यपि इतिहासदेखि अहिलेसम्म प्रष्ट कुरा के छ भने साम्राज्यबाद रहुञ्जेल युद्धको खतरा रहिरहन्छ भन्ने लेनिनको बिश्लेषण अहिले पनि उत्तिकै सामयिक देखिएको छ । शस्त्रास्त्रको होडबाजी, हतियारको ब्यापार तथा मध्यपूर्ब, यक्रेन–रुसको युद्धको स्थिति र हालेको बंगलादेशको घटनाले समेत बिश्व शक्तिहरु युद्धको बिकास र ब्यापार गर्न र अफ्नो प्रभाव क्षेत्र बढाउन पछि पर्दैनन् भन्ने नै यथार्थ सबैले देखिरहेका छन् र कयौंले भोगि पनि रहेका छन् । शान्तिको कुरा गर्दै युद्धको तयारी गर्ने काम दोश्रो बिश्व युद्ध पछि पनि चलिरहेकै छ । त्यसैले कि साम्राज्यबाद कमजोर हुँदै अन्त्य हुने कि अभूतपूर्ब युद्धद्वारा नै सकिने आजको संसार यही भयावह खतराको स्थितिमा खडा हुँदैछ ।

यो पनि पढ्नुहोस्

भीमबहादुर रावललाई माकेमा जोडिन आग्रह

भीमबहादुर रावललाई माकेमा जोडिन आग्रह

२ घण्टा अगाडि
सिंगो  कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न आवश्यक : अध्यक्ष नेपाल

जननेता मदन भण्डारीको योगदान अतुलनीय

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नायः खिं बाजा बोल पुस्तक सार्वजनिक

प्रतिनिधि सभाको बैठक आज बस्ने

सिंगो कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न आवश्यक : अध्यक्ष नेपाल

न्यूनतम तलबमान ४० हजार तबलमान निर्धारण गर्न आग्रह

भीमबहादुर रावललाई माकेमा जोडिन आग्रह

जननेता मदन भण्डारीको योगदान अतुलनीय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक