काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदीको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा सुनको मूल्य ५ सय र चाँदीको ५ रुपैयाँले घटेको हो । महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार तोलाको १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदीको मूल्य भने तोलामा १ हजार ९ सय ८० रुपैयाँ तोकिएको छ ।
आइतबार चाँदीको कारोबार तोलामा १ हजार ९ सय ८५ रुपैयाँमा भएको थियो ।