काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३० औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ५.५३ प्रतिशत नगद लाभांश गरि कुल १५.५३ प्रतिशत लाभांश पारित पारित गरेको छ ।
त्यस्तै सभाले अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको वासलात, नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण पनि पारित गरेको छ ।
त्यसै गरी सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना संचालकको निर्वाचन गर्ने र चालु आर्थिक बर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ ।