काठमाडौं । कपिलवस्तु, वाणगंगा नगरपालिका-६ मनहरापुरस्थित सडकमा लक्ष्मणघाटबाट सिमलखोरतर्फ जाँदै गरेको लु.१ च ६०१९ नम्बरको बोलेरो पिकअपबाट खसेर पिकअपमा सवार सोही नगरपालिका-५ सिमलखोर बस्ने ४५ वर्षीय बाबुराम थारूको मृत्यु भएको छ । बिहीबार दिउँसो उक्त पिकअपबाट खसेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी पूर्व, कावासोती नगरपालिका-१ छहारीचोकस्थित सडकमा कोइलापानीबाट फलफुलचोकतर्फ जाँदै गरेको ना.१ क ५८१७ नम्बरको गण्डकी बोर्डिङ स्कुलको बसको ठक्करबाट सोही ठाउँ बस्ने यम पौडेलको छोरा डेढ वर्षको सम्राट पौडेलको शुक्रबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नवलपुर अस्पताल कावासोतीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा, शिवसताक्षी नगरपालिका-११ शिवचोकस्थित सडकमा शिवगंजबाट दुधेतर्फ जाँदै गरेको प्र.१-०३-००१ प ४१५९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीलाई सोही ठाउँ बस्ने ७१ वर्षीया बिष्णुमाया बिष्टको मृत्यु भएको छ । बिहीबार बेलुकी मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।