काठमाडौं । माैलिक एवं प्राचीन स्थान नामहरूकाे अध्ययन तथा अभिलेखिकरण शुक्रबार सम्पन्न भएको छ ।
काठमाडाैं महानगरपालिकाकाेद्वारा संचालन तथा एकीकृत शहरी विकास केन्द्रकाे प्राविधिक सहयाेगमा संचालन भईरहेकाे ५ वटा वडाहरू वडा नं. ८, १७, १९, २० र २५ का माैलिक एवं प्राचीन स्थान नामहरूकाे अध्ययन तथा अभिलेखिकरण सम्बन्धि कार्यकाे प्रस्तुतिकरण तथा सुझाव संकलन भएको हाे ।
उक्त कार्यक्रममा काठमाडौं सम्बन्धित ५ वटै वडाका अध्यक्षहरु, प्रतिनिधिहरु, सम्पदा तथा पर्यटन विभागका उपनिर्देशक श्रृजु मैँया प्रधान ज्यु, भाषाविद्, सँस्कृतिविद् तथा इतिहास विद्हरूकाे पनि उपस्थिति रहेकाे थियाे ।
वडाका वडा अध्यक्षज्यूहरूले आ-आफ्नो वडाको विषयमा सुझाव दिनुभएकाे थियाे ।
कार्यक्रममा विज्ञहरूले परियाेजनाकाे सराहना गर्नुका साथै अमुल्य सुझावहरू पनि दिनुभएकाे थियाे ।
श्रृजु मैँया प्रधानले का.म.पा.ले याे परियाेजना संचालनकाे उद्देश्य माथि प्रकाश पार्नु भएकाे थियाे भने अध्ययन विधि, प्रक्रिया तथा प्रगतिबारे प्रस्तुतिकरण एकीकृत शहरी विकास केन्द्रका परियाेजना संयाेजक यशमान कर्माचार्यले गर्नु भएकाे थियाे ।
अन्तमा का.म.पा. का प्रवक्ता एवं वडा नं. १७ अध्यक्षकाे मन्तव्यसँगै कार्यक्रम समापन भएकाे थियाे ।