बिहि, फाल्गुन ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

निरन्जन कुँवर जेनेस सलुशनको प्रमुख प्रविधि तथा प्रमुख सूचना सुरक्षा अधिकृत नियुक्त

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
निरन्जन कुँवर जेनेस सलुशनको प्रमुख प्रविधि तथा प्रमुख सूचना सुरक्षा अधिकृत नियुक्त
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सूचना प्रविधि तथा साइबर सेक्युरिटी विज्ञ निरन्जन कुँवर बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी परामर्श दातृ कम्पनी जेनेस सलुशनको  प्रमुख प्रविधि अधिकृत (सीटीओ) तथा प्रमुख सूचना सुरक्षा अधिकृत (सीआइएसओ) नियुक्त भएका छन्।

द हंगकंग पोलिटेक्निक विश्वविद्यालयबाट सूचना प्रविधिमा एमएससी तथा रुसको सेन्ट पिटर्सवर्ग  स्टेट युनिभर्सिटी अफ टेलिकम्युनिकेशन्सबाट रेडियो कम्युनिकेशन्समा समेत एमएससी  गरेका कुँवरले अमेरिकास्थित द क्वांटीक स्कुल अफ बिजनेस एण्ड टेक्नोलोजीबाट एमबीए गरेका छन्।   यसैगरी उनले  सूचना प्रणाली तथा साइबर सेक्युरिटी सम्बन्धी विभिन्न प्रतिष्ठित प्रमाणपत्रहरु पनि प्राप्त गरेका छन्।

जेनेस सलुशनसंग आबद्ध हुनु भन्दा पहिले कुँवर  सन् २०२१ देखि २०२४ सम्म प्रतिष्ठित अमेरिकी कम्पनी, भोन्टिएर, मा सूचना सुरक्षा सम्बन्धी वरिष्ठ निर्देशकको रुपमा काम गरेका थिए।  त्यस्तै उनले म्याकएफी, पोलिकम, माइमकाष्ट, रिलायन्स ग्लोबलकम, शिपसर्भ, हिमालयन कम्प्युटर्स लगायतका कम्पनीहरुमा काम गरेका थिए।

पोखरामा जन्मिएर पोखरामै पढेका  निरन्जनले उच्च शिक्षाको क्रममा रुसमा ६ वर्ष तथा हंगकंगमा ८ वर्ष बिताएका थिए।

” म विश्वका प्रमुख कम्पनीहरुमा २५ वर्ष सम्म काम गरेको आफ्नो अनुभवको  उपयोग गर्दै अर्थपूर्ण काम गर्न खोजीरहेको थिएँ। खास गरी आफ्नो मातृभूमिको लागि योगदान गर्ने तथा  नेपालमा सूचना प्रविधिका सम्भावनाहरुको उपयोग गर्दै  ठूलो  समुदायका लागि सम्पत्ति र समृद्धिका अवसरहरु सिर्जना गर्ने उपयुक्त माध्यम के हुन सक्छ भन्ने बारे मैले सोचविचार गरिरहेको थिएँ।     यसै बेला मेरो अन्जनीजीसंग भेट भयो। नेपाल लगायत विभिन्न मुलुकमा नव प्रवर्तनमा आधारित प्राविधिक समाधानहरु सहित स्थानीय कम्पनीहरुलाई सघाउन जेनेस सलुशनले गरीरहेका कामहरुबारे  उहाँले बताउनु भयो।  साइबर सेक्युरिटी, क्लाउड, कृत्रिम बौद्धिकता (एआइ), डेटा र सफ्टवेयर इन्जिनियरिंग आदि क्षेत्रहरुमा आफ्ना ग्राहकहरुलाई सेवा दिन जेनेस सलुशनले गरिरहेका कामहरुलाई अर्को उंचाइमा पुराउन हामीले सहकार्य गर्ने निधो ग-यौं,” उनले भने।

निरन्जन कुँवरलाई जेनेस सलुशनको ग्लोबल टिममा स्वागत गर्दै जेनेस सलुशनका संस्थापक तथा सीइओ अञ्जनी फुयाँलले भने, “जेनेस सलुशनको प्रमुख प्रविधि अधिकृत (सीटीओ) तथा प्रमुख सूचना सुरक्षा अधिकृत (सीआइएसओ) को रुपमा निरन्जन कुँवरलाई स्वागत गर्न पाउँदा हामी निकै हर्षित छौं।  सूचना प्रविधि तथा साइबर सेक्युरिटीको क्षेत्रमा लामो अनुभव भएका निरंजनजीको अनुभव जेनेस सलुशनको वृद्धि र सफलता तथा  ग्लोबल टिमका लागि समेत निकै महत्वपूर्ण हुने हामीले विश्वास लिएका छौं। ”

गएको १७ वर्ष देखि बेलायतमा बसीरहेका निरन्जनकी श्रीमती र  दुइ छोराछोरी  छन्।  नेपाली बाहेक अंग्रेजी, रुसी र हिन्दी भाषा बोल्ने निरन्जन एक धावक पनि हुन्।  नियमित रुपमा योग र  ध्यान गर्ने उनी सिनेमा हेर्न, पुस्तक पढ्न र यात्रा गर्न रुचाउँछन्।

जेनेस सलुशनका नेपाल, बंगलादेश, स्पेन, युके, युएस लगायत विश्वका १० मुलुकहरुमा कार्यालय छन्।

यो पनि पढ्नुहोस्

आज देशभर विभिन्न कार्यक्रम गरी ७५औँ प्रजातन्त्र दिवस मनाइँदै

‘राष्ट्रिय प्रजातन्त्र दिवस’ काे सार्वजनिक बिदा

४३ मिनेट अगाडि
क्युबामाथि सैन्य नाकाबन्दी नगर्न सुझाव

क्युबामाथि सैन्य नाकाबन्दी नगर्न सुझाव

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कृपया मतलाई दान नगर्नुहोस

नेता बालेन साहले एजेन्डा विहीन भन्नेहरूलाई जवाफ दिए

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कीर्तिपुरबाट नेकपा अध्यक्ष ऋषि कट्टेल पक्राउ

सार्वजनिक बिदामा पनि राहदानी सेवा जारी

रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिबाट पार्टी परित्याग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक