काठमाडौं । चाडपर्वमा निर्धारित भाडा दर भन्दा धेरै भाडा असुलेको आरोपमा प्रहरीले ६ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा, गोरखा र लमजुङतर्फ जाने हायस माइक्रोका चालक र सहचालक छन् । दसैँमा घर फर्किनुपर्ने यात्रुको बाध्यतालाई ‘मौका’ मानेर उनीहरुले १५ सयसम्म धेरै भाडा असुलेको आरोप छ ।
तनहुँको खैरेनी जाँदै गरेको बा.५ख १०७६ नम्बरको चालक दीपकबहादुर नेपाली र पोखरा जाँदै गरेको बा.३ ख ६१६५ नम्बरको हायसका चालक प्रकाश मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुले १ हजारदेखि १५ सय सम्म धेरै भाडा असुलेको प्रहरीले जनाएको छ ।