काठमाडौं । नेपाल–भारतमैत्री संघले बल्खुका बाढी पीडितका लागि दश लाख रुपैयाँ बराबरको राहत सामग्री दिएको छ ।
बिहीबार एक कार्यक्रमको आयोजना गरी नेपाल–भारतमैत्री संघले बल्खुका बाढी पीडिहरुका नेपाल चिकित्सक संघमार्फत दश लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको हो। बाढीले बल्खु क्षेत्रमा धेरै क्षति पुगेको अवस्थामा चिकित्सक संघको आग्रहबमोजिम नेपाल–भारतमैत्री संघले सो राहत सामग्री हस्तान्तरण गरेको अध्यक्ष जानुका कार्की गिरीले जनाइन् ।
राहत सामग्रीमा खाद्यान्न, औषधि, ब्याङ्क्वेट, कम्बलहरु लगायत बहुउपयोगी सामग्रीहरु रहेको उनले बताइन्। उनले वास्तविक पीडितलाई राहत उपलब्ध गराउन पनि आग्रह गरिन्।
कार्यक्रममा बोल्दै नेपाल चिकित्सक संघको अध्यक्ष डा. अनिल कार्कीले आफूहरुले बल्खु क्षेत्रमा गएर स्वास्थ्य सेवा सँगसँगै राहत वितरण गर्ने बताए। उनले बल्खुमा दुई दिन भित्रमा मेडिकल क्याम्पसहित आफूहरु जाने र राहत वितरण गर्ने जनाए । उनले भने ‘यो जुन राहत हस्तान्तरण गर्नुभएको छ, हामीले स्वास्थ्य सेवा सँगसँगै जोडेर वितरण गर्नेछौँ। भोलि या पर्र्सि बल्खुमा मेडिकल क्याम्पसहित राहत वितरण गर्नेछौँ।’
उनले विपद्को बेलामा आगामी दिनमा पनि नेपाल–भारतमैत्री संघले यस्तै सहयोग गर्ने विश्वास व्यक्त गरे।