मङ्ल, जेष्ठ ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

दर्जनौं स्कुलमा पस्यो बाढी, करोडौंको क्षति अमृत चिमरिया

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
Reading Time: 1 min read
0
दर्जनौं स्कुलमा पस्यो बाढी, करोडौंको क्षति अमृत चिमरिया
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

अमृत चिमरिया

काठमाडौं । बुधबार विद्यालय समयमा ललितपुर इमाडोलको गम्भीर समुन्द्र सेतु माविमा पुग्दा विद्यार्थीहरु हातमा वाइपर बोकेर हिलो फाल्न व्यस्त थिए । कोही हिलो फाल्दा फाल्दा हैरान भएर थकाइ मारिरहेका थिए ।

शुक्रबार र शनिबार भएको भीषण वर्षासँगै मनोहरा खोलामा आएको बाढीले विद्यालयको भुइँतला पुरै डुबाएको थियो । क्यान्टिन र विद्यालयको कार्यालय रहेको कोठासहित ११ कोठा डुबाउँदा धेरै कागजातसमेत काम नलाग्ने गरी भिजेका छन् ।

सोमबारदेखि शिक्षक र विद्यार्थी मिलेर सरसफाइ गर्दा पनि विद्यालयको कक्षाकोठा पनि सफाइ सकिएको छैन । शिक्षक दानबहादुर साउदका अनुसार विद्यालयको साइन्स ल्याब, कक्षाकोठा, क्यान्टिन र कार्यालयमा क्षति पुगेको छ । ‘हामीकहाँ इन्जिनियरिङ तर्फको कोर्स पनि हुन्छ, यसको ल्याब पनि तल नै थियो । त्यहाँ भएको प्रोजेक्टर, ड्रोन, ल्याबका अरु सबै सामान डुब्यो’, उनले भने ।

 

बिहीबारदेखि दशैं विदा छ र विद्यालय बन्द हुँदैछ । ‘त्यो भन्दा अगाडि विद्यालय सफा गर्न खोज्दैछौं, धेरैको परीक्षा सकिएको र केहीको आज सकिने भएकोले पढाइ धेरै डिस्ट्रब हुन पाएन । नत्र दुई हप्ता पढाइ बिग्रन्थ्यो’, साउदले भने ।

साउदका अनुसार विद्यालय पुरानै अवस्थामा आउन एक महिना मर्मतको काम गर्नुपर्ने देखिन्छ ।

त्रिपुरेश्वरस्थित विश्वनिकेतन माद्यमिक विद्यालयमा बाढीले क्षति पुर्‍याएपछि पठनपाठन बन्द भएको छ । कक्षा ३ सम्मका विद्यार्थीलाई त तिहारसम्म बिदा दिइएको छ ।

बागमती नदीमा आएको बाढी विद्यालयमा पस्दा भुइँतलामा रहेका फर्निचर, कम्प्युटर ल्याबका साथै महत्वपूर्ण कागजपत्र तथा शैक्षिक सामग्रीहरु नष्ट भएको छ ।

 

शिक्षक डिल्लीराम पौडेलका अनुसार ल्याबमा रहेका ३० थान ल्यापटप प्रयोग गर्नै नमिल्ने गरी बिग्रिएका छन् । डुबानमा परेर विद्यार्थी बोक्ने दुईवटा स्कुल बस बिग्रिएका छन् । बसको इन्जिनमा समस्या देखिएको छ ।

एक करोडभन्दा बढीको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको उनले बताए ।

ललितपुरको महालक्ष्मी नगरपालिकास्थित विश्वामित्र गणेश माविको ल्याब र नर्स कक्ष पहिरोले भत्काएको छ । लामाटारको श्रृङ्गेरी माविमा शौचालय भवन भत्किएको छ भने विद्यालय भवनमा क्षति पुगेको छ ।

ललितपुर महानगरको बालकुमारी आधारभूत विद्यालय पनि पहिरो जोखिममा परेको छ । सुदेश स्कुल, नख्खु डुवानमा परेको छ भने ग्रेस एकेडेमीको भुइातला डुवानमा परेको थियो ।

भक्तपुरको सूर्यविनायक नगरपालिकाको जोरपाटी माविका एक विद्यार्थी पहिरोमा परी मृत्यु भएका छन् ।

काठमाडौं महानगरपालिका, शिक्षा विभागका अनुसार कुलेश्वर मावि, जनपथ मावि, ज्ञानोदय मावि, पञ्चकन्या मावि लगायत सामुदायिक विद्यालयमा क्षति पनि पुगेको छ ।

 

‘अत्याधिक क्षति भएको विश्व निकेतनमा हो, अन्य सामुदायिक विद्यालयमा पनि क्षति पुगेको छ’, महानगरका शिक्षा विभागका एक कर्मचारी भन्छन् ।

शुक्रबार र शनिबार आएको बाढीका कारण उपत्यकाका नदी करिडोर छेउछाउमा रहेका सार्वजनिक मात्र होइन, संस्थागत विद्यालयमा बाढीले ठूलो क्षति पुगेको छ ।

करोडौंको क्षति पुगेको छ : प्याब्सन

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का महासचिव आरबी कटुवालका अनुसार कोशी, बागमती र मधेश प्रदेशका धेरै निजी विद्यालयहरुमा क्षति पुगेको छ ।

‘विशेषगरी उपत्यकामा धेरै निजी तथा आवासीय विद्यालयहरुमा क्षति पुगेको छ । करोडौंको क्षति भएपनि अहिले अनुमानबाहेक अन्य केही गर्न सक्ने स्थिति छैन ।’

कटुवालका अनुसार सबभन्दा धेरै क्षति हात्तीबनस्थित लिटिल एन्जल्स स्कुलमा भएको छ । ‘प्याब्सनको समितिले अनुगमन गर्दा २० करोड भन्दा बढी क्षति लिटिल एन्जल्समा भएको देखियो’, उनले भने, ‘ स्विमिङ पुल, गार्डेन सबै पुरिएको छ । साढे ७०० मान्छे तीन दिनदेखि काम गर्दा अझै सफा हुन सकेको छैन ।’

ललितपुरकै आइजे पाइनरमा ३५ देखि ४० लाख तथा जेम्स स्कुलमा एक देखि डेढ करोड क्षति भएको आंकलन रहेको छ । ‘२ –४ लाख क्षति नभएको त कुनै निजी स्कुल नै छैन । अब विद्यालयहरुबाट विवरण संकलन गरेर मात्रै भन्न सक्ने स्थिति छ’, उनले भने ।

 

काठमाडौं महानगरपालिका–३२ स्थित रहेको सीसीआरसी कलेज ५० लाख भन्दा बढी क्षति पुगको जनाएको छ । ‘हाम्रो कलेजको कम्प्युटर ल्याबमा सबैभन्दा धेरै क्षति भएको छ भने लाइब्रेरीमा पनि क्षति भएको छ । कलेजको जेनेरटेर, अफिसका फर्निचरहरु खत्तम भएका छन्’, एक शिक्षकले भने ।

यस्तै लालीगुँरास सेकेण्डरी स्कुलको २५ वटा कक्षा कोठा अहिले पनि हिलाम्य रहेको प्रिन्सिपल हरि शिवाकोटीले बताए । ‘अहिले सरसफाइको काम हुँदैछ । क्षति त कति भयो भन्ने भन्दा पनि कसरी विद्यालय सञ्चालन गर्न सकिन्छ भन्नेमा केन्द्रित छौं’, उनले भने ।

हेब्रोन पब्लिक स्कुलको पनि कक्षा क्यान्टिन, ग्राउन्ड र भुइँतल्लामा क्षति पुगेको छ ।

खागसरी बाढीमा परेका मन्टेश्वरी तथा साना निजी विद्यालयहरु उठ्न नसक्ने जोखिम छ । ‘थोरै लगानी, बैंक ऋणमा सञ्चालन भएका विद्यालयहरुलाई उकास्न मुश्किल देखिएको छ’, प्याब्सनका महासचिव कटुवालले भने । online khabar

यो पनि पढ्नुहोस्

जनतालाई सडकमा उतार्नुपर्नेमा जोड

जनतालाई सडकमा उतार्नुपर्नेमा जोड

१७ मिनेट अगाडि
सीआईसी पोखराले क्याम्ब्रिज ए–लेभल कार्यक्रम पुनः सञ्चालनमा

सीआईसी पोखराले क्याम्ब्रिज ए–लेभल कार्यक्रम पुनः सञ्चालनमा

२१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

नियन्त्रित लागूऔषध सहित दुई जना पक्राउ

गिनिज बुकधारी सजन डंगोलको सफल सगरमाथा आरोहण

जनतालाई सडकमा उतार्नुपर्नेमा जोड

जातीय विभेदमुक्त विश्वका लागि ग्लोबल सम्मेलन २०२५ को  तयारी पूरा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक