हुम्ला । ताजाकोट गाउँपालिका-३ रामा बस्ने २५ वर्षीय ध्रुव शाही र २४ वर्षीया मनसुरा मल्लको माटोको ढिस्कोले पुरिएर बुधबार बिहान मृत्यु भएको छ ।
ताजाकोट गाउँपालिका-३ अउल भन्ने स्थानमा घर पोत्नको लागि सेतो माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्न गई मानिसको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी छप्रेला ताजाकोटबाट खटिएको प्रहरीले उनीहरूको शव फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।