काठमाडाैं । नुम्बुर हिमालय हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव राख्दै कात्तिक ७ गते साधारणसभा बोलाएको छ।
सभा कम्पनीको रजिस्टर्ड कार्यालय, नक्साल, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने कम्पीले जनाएको छ ।
सभामा कम्पनीले आईपीओ निष्कासनका लागि साधारणसभा मार्फत प्रस्ताव पारित गर्नेछ। साथै, आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।