सोम, माघ २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

मंगलबार फाइन हुने, पुरुष तर्फ एपिएफ र गल्कोट, महिलातर्फ धादिङ स्पोर्टस र नदीपुर एफसी

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
मंगलबार फाइन हुने, पुरुष तर्फ एपिएफ र गल्कोट, महिलातर्फ धादिङ स्पोर्टस र नदीपुर एफसी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पोखरा । पोखरा नदिपुरको छन्त्याल समाजघरमा आठौं क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको फाइनल खेल मंगलबार हुने भएको छ ।
प्रतियोगितामा एपिएफ मालेपाटन पोखरा र गल्कोट स्पोर्टस् क्लब, वागलुङ विच प्रतिस्पर्धा हुने भएको छ भने महिला तर्फ धादिङ स्पोर्टस् क्लब र नदीपुर एफसी, पोखरा विच छन्त्याल समाजको खेल मैदानमा प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक मनोज खड्काले जानकारी गराए ।

सोमबार भएको सेमिफाइनलको पुरुष तर्फ पहिलो सेट १८–२५ ले गुमाएको गलकोटले दोस्रो सेट २५–२२ ले जितेको थियो । तेस्रो १९–२५ ले गुमाएपछि पुन चौथो २७–२५ र पाँचौ सेट १५–११ जित्दै फाइनलको लागि आफ्नो नाम दर्ता गर्न पुगेको थियो ।

त्यसैगरी सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपिएफ मालेमाटनले नेपाल युथ स्पोर्टस क्लब जापानलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल पुगेको छ ।

एपिएफले नेपाल युथ स्पोर्टस क्लबलाई २५–२२, २५–२३ र २७–२५ ले पराजित गर्दै फाइनलको लागि आफ्नो नाम पक्का गरेको हो । उपाधिका लागि एपिएफले गलकोटसँग मंगलबार दिनको १ बजे प्रतिस्पर्धा गर्नेछ ।

त्यसैगरी महिलातर्फको पहिलो सेमिफाइनलमा नदीपुर एफसीले शान्ता भलिबल पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश ग¥यो ।

नदीपुर एफसीले शान्ता भलिबल पोखरालाई २६–०७, २५–१६ र २५–१७ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

यस्तै दोस्रो सेमिफाइनल खेलमा धादिङ स्पोर्टस क्लब धादिङले बागलुङ टिमलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा नदीपुर एफसीसँग भेट पक्का गरेको छ ।

धादिङ स्पोर्टस क्लबले टिम बागलुङलाई २५–२३, २५–११ र २५–१७ ले पराजित गरेको हो । उपाधिका लागि धादिङ स्पोर्टस र नदीपुर एफसी मंगलबार विहान १० बजे प्रतिस्पर्धा गर्ने पोखरा भलिबल प्रशिक्षण केन्द्रका संरक्षक पदम श्रेष्ठले जानकारी गराए ।

पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसद्वारा संयुक्त आयोजित प्रतियोगिता नेपाल भलिबल सल्लाहकार, टाइगर गु्रप अप पोखराका अध्यक्ष एवम् पोखरा महानगरपालिकाका बरिष्ठ कानुन अधिकृत नारायण प्रसाद शर्माले व्यानरमा हस्ताक्षर गरी उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले नेपालको राष्ट्रिय खेल भलिबल नेपालीहरुले अत्याधिक मन पराउने खेल भएको र यसको विकासको गाउँ गाउँमा भलिबल प्रशिक्षण केन्द्रको आवश्यकता रहेको बताएका थिए । उनले विभिन्न कार्यक्रम र प्रतियोगिताले खेलाडीहरुको मनोभावनालाई उच्च राख्ने भएपनि उचित प्रशिक्षक विना उत्कृष्ट खेलाडीको उत्पादनमा ठूलो समस्या र चुनौति देखिएको उनले उल्लेख गरे । साथै, उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुने देशकै सबैभन्दा ठूलो पुरस्कार राशी भएको टाइगर कप खेल हेर्न सम्पूर्ण दर्शकलाई निमन्त्रणा गरेका थिए ।

कार्यक्रममा पत्रकार शिरोमणी बराल, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, गोरखा समाज हङकङ सांस्कृतिक विभागका प्रमुख गम्भीरराज गुरुङ, गण्डकी प्रदेश भलिबल संघका सदस्य जापान गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

अशोक थापाले सञ्चालन गरेको चांैथो चरणको उद्घाटन कार्यक्रम अध्यक्ष कुलप्रसाद छन्त्याल (कुशल)को अध्यक्षतामा भएको थियो ।

आठौं संस्करणको क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको पुरुषतर्फका विजेताले नगद १ लाख ३० हजार, उपविजेताले ८० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै महिलातर्फको विजेताले नगद ५० हजार र उपविजेताले ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा महिला तथा पुरुषतर्फ विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, डिफेण्डर, सेटर, सर्भर र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् ।

यो पनि पढ्नुहोस्

नेपाललाई इंग्ल्यान्डविरुद्ध चौथो सफलता मिल्याे

नेपाललाई इंग्ल्यान्डविरुद्ध चौथो सफलता मिल्याे

१२ घण्टा अगाडि
नेपाललाई इंग्ल्यान्डले दियो १८५ रनको लक्ष्य

नेपाललाई इंग्ल्यान्डले दियो १८५ रनको लक्ष्य

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाललाई इंग्ल्यान्डले दियो १८५ रनको लक्ष्य

मिस्ट्री स्पीनर शेर मल्ल विश्वकप क्रिकेटबाटै राष्ट्रिय टिममा डेब्यू

यस्ताे छ आजकाे माैसम

फागुन २१ का लागि कांग्रेसले कार्यकर्तालाई खटाउने निर्णय

झापा २ राष्ट्रिय राजनीतिमा चासोको केन्द्र

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक