काठमाडौं । नेपालले अमेरिकामा सार्क राष्ट्रका विदेशमन्त्रीहरुको बैठक गर्न खोजे पनि भारतका कारण उक्त योजना असफल भएको छ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघको ६९ औँ महासभामा सहभागी हुन पुगेका सार्कका विदेशमन्त्रीहरुसँग उक्त बैठकका लागि प्रस्ताव गरेकी थिइन्।
तर, भारतले पाकिस्तानलाई देखाउँदै बैठकमा सहभागी हुन अस्वीकार गरेपछि बैठक बस्न नसकेको जनाइएको छ। भारतीय विदेशमन्त्री एस जयशंकरले जबसम्म पाकिस्तान आतंकवादविरुद्ध कारबाही गर्दैन, तबसम्म सार्क बैठकमा सामेल हुन नसक्ने जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
हाल सार्क राष्ट्रको अध्यक्षता नेपालसँग छ। नेपालले अध्यक्षका हैसियतले उक्त प्रस्ताव गरेको थियो।