काठमाडौं । अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन लम्बिएको छ । १० असोज देखि सुरु भएको सम्मेलन हिजो (१४ असोज) सक्ने गरी कार्यतालिका बनाइएको थियो ।
निर्धारित समय अनुसार नयाँ कार्यसमितिको चयन हुन सकेको छैन । आइतबार वर्षातका कारणले बन्दसत्र रोकिएको थियो । सोमबार उमेर हद कायम गर्ने /नगर्ने र प्रतिनिधि विवादले कार्यतालिका कार्यान्वयन हुन सकेन ।
विघटित केन्द्रीय समितिका उपाध्यक्ष क्षितिज सापकोटाका अनुसार सोमबार राति प्रतिनिधि विवाद टुंगिएको छ । निर्वाचन समितिलाई प्रतिनिधि यकिन गरेर हस्तान्तरण गरेपछि आज १२ बजेपछि उमेर हदमा मतदान हुने सापकोटाले जानकारी गराए । उमेर हदको टुंगो आज लागेपछि बुधबार मात्रै नयाँ कमिटीका लागि मतदान हुने भएको छ ।