लोकनारायण सुबेदी
अहिले फेरि बल्झिएको पश्चिम एशियाको संकट एउटा जटील र दीर्घकालीन प्रकृतिको समस्या हो । यस युद्धले एउटा भयावहताको आशंका निरन्तर कायम राख्दछ । यसको केन्द्रमा इजरायल र पेलेस्टिनीहरुको भूमिको अधिकार र स्वायत्तताको बिबादको खाश भूमिका र इस्लामिक बिश्वको नेतृत्वको संघर्षले यसलाई अझ खतरनाक तुल्याइदिएको देखिन्छ । यो पश्चिम एशियामा साँस्कृतिक बिबिधताले समृद्ध लेबनान शिया सशस्त्र संगठन हिज्बुल्लाहको पकडमा रहेको समस्या बिश्लेषहरु बताउँदछन् । यस हिज्बुललाहको आक्रमकताका कारण गाजा पछि अब इजरायलको नयाँ युद्धको मैदान यो बन्न पुगेको छ ।
यो लेबनानको सीमाना उत्तरमा सीरिया र दक्षिणमा इजरायलसँग जोडिएको छ । पश्चिममा भूमध्य सागर छ । लेबनानमा रहने गरेका धार्मिक समूहरुमा सुन्नी, शिया र ईसाई रहेका छन् ।शिया समूहमा ईरानको गहिरो प्रभाव रहेको छ र हिज्बुल्लाह, सीरिया तथा अन्य समूहरुकासाथ उसको साझेदरीले क्षेत्रीय स्थिरतालाई प्रभाबित तुल्याउँदछ । लेबनानको भौगोलि र साँस्कृतिक बिबिधताले यसलाई महत्वपूर्ण क्षेत्र बनाउँदछ् । तर ईरानको आर्थिक र सैन्य सहायताले शिया समूह हिज्बुल्लाह देशको राजनीति तथा समाजमा हावी रहेको छ । यही देशको समस्यको मूख्य कारण मानिन्छ । उत्तरी इजरायली सीमा लेबनानसँग जोडिन्छ जहाँ हिज्बुल्लाहको गतिबिधिहरुका कारण सुरक्षा सम्बन्धि चिन्ता कायम रहेका छन् ।
यही नै गोलान हाइट्स रहेको छ जसमाथि इजरायलले १९६७ को युद्धमा कब्जा गरेको थियो । त्यहाँबाट सीरियाका केही भाग र लेबनान देखिने गर्दछन् । पहाड र भञ्ज्याँङ्गले भरिएको गेलील क्षेत्र इजरायलको तेश्रो सबैभन्दा ठूलो शहर,बन्दरगाह र औद्योगिक केन्द्र हेफा रहेको छ । लेबनानको सीमानासँग जोडिएको इजरायललाई हिज्बुललाहले तारो बनाउने गरिरहन्छ । ती क्षेत्रमा हिज्बुल्लाहका गतिबिधिहरलाई समाप्त पार्नका लागि इजरायलले युद्धको सहारा लिएको छ । त्यसले गर्दा पश्चिम एशियामा कुनै ठूलो युद्धको खतरा बढ्न पुगेको छ । इजरायलको हमला आमरुपमा लेबनानको दक्षिणी भाग खाशगरी ती क्षेत्रहरुमा केन्द्रित हुने गर्दछ जहाँ हिज्बुल्लाको उपस्थिति हुने गर्दछ । ती क्षेत्रहरुमा हिज्बुल्लाहका गढ दक्षिणी लेबनान, लेबनान र इजरायलका बीच रहेको शिबा फार्मस् जस्ता केही अन्य क्षेत्रहरु पनि छन् जहा इजरायले सीमानामा ड्रोन र हवाई हमला पनि गर्ने गरेको छ । लेबनानका केही समूहहरुसँग इजरायलको संघर्ष बितेका पाँच दशकदेखि भइरहेको छ । तर यस पटक यो संकट अझ बढी ठूलो बनेको छ । हिज्बुल्लाहलाई ईरानले अत्याधुनिक हतियारले सुसज्जित तुल्याएर राखेको छ । हिज्बुल्लाहसँग छोटा र मध्यम दुरीका रकेटहरु छन् जसको उपयोग इजरायलका बिरुद्ध गर्न सक्छ । तिनमा कात्युशा र फज्जर जस्ता रकेटहरु पनि सामेल छन् । उससँग तोपखानाका हतियारहरु पनि छन् जसको उपयोग जमिन सतहको लडाईमा गरिनसक्छ । हिज्बुल्लाहसँग एण्टी एयरक्राफ्ट प्रक्षेपास्त्र(मिसाइल)हरु पनि छन् जसबाट इजरायलका बिमानहरुमाथि लक्षित प्रहार हुन सक्छ । हिज्बुल्लाहसँग सञ्चार र तथा निगरानीका लागि उन्नत प्रबिधिका उपकरणहरु पनि छन् जसले युद्धका बेला लाभ प्रदान गर्दछन् ।ती हतियारहरुले हिज्बुल्लाहलाई इजरायलका बिरुद्ध आफ्नो सैन्य क्षमता बढाउनका लागि मद्दत गर्दछन् ।
इजरायलले आफ्नो उत्तरी सीमालाई सुरक्षित राख्नका लागि दक्षिणी लेबनानमा जमिनबाट हमला गर्ने योजना बनाइरहेको बताइन्छ । उसको यो कदम निकै खतरनाक हुनसक्छ । हिज्बुल्लाहले शिया समुदायमा शिक्षा, स्वास्थ्य र सामाजिक सेवाहरको क्षेत्रमा महत्वपूर्ण काम पनि गरेको छ । उसले स्थानीय स्तरमा आफ्नो सेवाहरुका लागि निरन्तर लोकप्रियता हासिल गरिरहेको वा गरिसकोको छ । हिज्बुल्लाह र अन्य लेबनानी समूहहरुका सबल प्रतिरोध इजरायली सेनाका लागि गम्भीर चूनौति साबित हुनसक्ने पनि बताइदैछ । स्थानीय नागरिकहरुको समर्थनले पनि उसलाई ऊर्जा प्रदान गर्न सक्छ ।जमिनबाट हुने हमलामा अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक प्रतिकृया उत्पन्न हुन सक्छ, जसबाट इजरायलको अन्तर्राष्ट्रिय स्थिति प्रभावित हुनसक्छ । कयौं देशले यसलाई मानबाधिकारको उल्लंघन मान्न सक्छन् । संघर्षको क्रममा आम नागरिकहरुको हताहती हुने आशंका पनि बढ्न जान्छ, जसबाट अन्तराष्ट्रिय स्तरमा जनहितमा नकारात्मक प्रभाव पर्नेहुन्छ । लेबनानमा जमिनी संघर्षबाट त्यो पूरै क्षेत्रमा अस्थिरता बढ्न सक्छ जसले अन्य देशहरुलाई पनि प्रभावित तुल्याउन सक्छ । यदि संघर्ष बढ्यो भने त्यो एउटा दीर्घकालीन सैन्य अभियानमा बद्लिन सक्छ जसबाट इजरायललाई बढीभन्दा बढी संसाधनहरु र सैनिकहरुको आबश्यकता पर्नसक्छ ।
यी सबै चूनौतिहरुका कारण इजरायलले जमिनबाट हुने हमलालाई निकै सोच बिचार पुराएर मात्र गर्नुपर्ने बिश्लेषकहरु औल्याउँदछन् । जानकारहरु मान्दछन् कि हमासभन्दा हिज्बुल्लाह बढी खतरनाक र संगठित पनि छ । हिज्बुल्लाहले प्रायजसो गुरिल्ला युद्धको रणनीति अपनाउने गर्दछ जसमा साना र त्वरित हमला गर्ने गरिन्छ । त्यस्ता हमलाहरु ऋचानक र एकाएक हुने गर्दछन् । अनि बिरोधीहरुलाई असमान्य स्थानहरुबाट निशाना बनाइने गरिन्छ । हिज्बुल्लाहको एउटा प्रमुख हमला रकेट र प्रक्षेपास्त्रहरुको उपयोग गर्नुमा छ । तिनले इजरायलका भित्री ठूला शहरहरु र सैन्य ठेगानालाई निशाना बनाउँदछन् । अनि हिज्बुल्लाहले कहिलकाँही जमिनी हमलाको सहायता पनि लिने गर्दछ । जसमा उसले इजरायली सैनिकहरुको ठेगानामा हमला गर्दछ खाशगरी दक्षिणी लेबनानमा । यस संगठनले कतिपय मामिलामा आत्मघाती हमलाहरुको पनि सहायता लिने गरेको छ जसमा सदस्य स्वयंले आफुलाई बिस्फोटहरुकासाथ लक्षित स्थानमा लगेर हमला गर्दछन् । हिज्बुल्लाहले आफ्ना हतियारहरु र सैनिकहरुलाई सुरक्षित ठेगाना र सुरुङ्गहरुमा लुकाइछिपाई राख्ने गर्दछ ।जसबाट उनीहरुलाई दुश्मनको हमलाबाट बचाउन मद्दत मिल्दछ । हिज्बुल्लाहले दक्षिण लेबनानका इलाकाहरुमा सुरुङ्गहरुको ब्यापक जाल पनि बिछ्याइरोको बताइन्छ ।ती इलाकाहरुमा इजरायलका सेनाहरुलाई जमिनी हमला गर्दा ठूलो नोक्सानी हुने गर्दछ भनिन्छ ।
हिज्बुल्लाहले हमलाको योजना बनाउन र तिनलाई प्रभाबकारी तुल्याउनका लागि बिस्तृत गुप्तचरहरुको उपयोग गर्ने गर्दछ जसमा स्थानीय नेटवर्क र सामुदायिक सहायता पनि शामेल हुन्छ । इरानले हिज्बुल्लाहलाई समर्थन गर्ने र सहायता दिने गर्दछ । अनि यदि उ लेबनानमा सकृयरुपले सामेल हुन्छ भने त्यसले इजरायलसँगको संघर्षलाई अझ थप भड्काउन सक्छ । ईरान प्रत्यक्षरुपमा युद्धमा सामेल हुनुले साऊदी अरब तथा अन्य खाडीका देशहरुमा क्षेत्रीय तनाब पनि अझ बढाउन सक्छ । अनि ईरानको सैन्य हस्तक्षेपले संघर्षलाई पनि दीर्घकालीक रुप दिन सक्छ । जसबाट शान्ति स्थपना गर्न अझ कठीन हुनजानेछ । लेबनानमा यसरी युद्ध अझ बढ्न गएमा क्षेत्रीय तथा बिश्वब्यापी स्थिरतलाई पनि खतरा पैदा हुनसक्छ । यस प्रकारको स्थिति बिकसित हुन नदिन हर सम्भव प्रयाश गरिनु पर्ने युद्ध बिश्लेषकहरुको निष्कर्श छ । त्यसैले युद्धको जड रहेको इजरायली अतिक्रमण र त्यसलाई आडधाप र नेतृत्व दिने अमेरिकी नेतृत्वको नाटोका देशहरुले बेलैमा सोचेनन् भने यो लम्बिदो युद्धले संभाबित बिश्व युद्धको दिशामा बिश्वलाई धकेल्न सक्छ । यो खतरा टरेन भने बिश्व बिध्वंश अबश्यंभावी छ ।