काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर सहकारी प्रवर्धन कोषमा रकम जम्मा गर्न सोमबार एक सूचना जारी गरेको छ ।
महानगरभित्र रहेका सहकारी संस्थानहरूको प्रवर्धन तथा संस्थागत विकासका लागि उक्त कोषमा रकम जम्मा सूचित गरिएको हो ।
काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा (४९को उपदफा (१ र सहकारी नियमावली, २०८० को नियमले गरेको व्यवस्थाअनुसार महानगरले सहकारी संस्थालाई सो कोषमा रकम जम्मा गर्न सूचित गरेको हो ।
उक्त नियमको (१८) उपनियम (१) अनुसार संस्थाले सहकारी व्यवसायको प्रवर्धन गर्नका लागि ऐनको दफा (४७) बमोजिम जगेडा कोषमा सोही दफाको उपदफा (२) को खण्ड (क) बमोजिमको रकम छुट्याई बाँकी रहेको रकमको शून्य दशमलव पाँच प्रतिशत (जगेडा कोषको) ले हुन आउने रकम महानगरको उक्त कोषमा वार्षिक रूपमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ ।