आइत, फाल्गुन ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकारलाई वामदेव गौतमका ६ सुझाव

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
सरकारलाई वामदेव गौतमका ६ सुझाव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाण्डौ / नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले सरकारलाई ६ बुँदे सुझाव दिनु भएको छ ।यही आश्विन महिनाको ११ र १२ गते परेको भारी र अविरल वर्षाले वाग्मति उपत्यका लगायत पूर्व र पश्चिमका धेरै जिल्लाहरुमा बाढी र पहिरोबाट ठूलो मात्रामा जन धनको क्षेति भएको प्रति चिन्ता ब्यक्त गर्दै गौतमले यस विपत्तिमा ज्यान गुमाउनु भएकाहरु प्रति श्रद्धाञ्जली प्रकट गर्नु भएको छ । दुखमा पर्नु भएका सबैमा समवेदना व्यक्त गर्दै उहाँले प्रभावित क्षेत्रका जनतालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र राहात प्रदान गर्न सरकारसंग माग गर्नु भएको छ ।
मौसमविद र सम्बन्धित सरकारी निकायका कर्मचारीहरुले यो प्राकृतिक वितण्डा भन्दा पहिले नै यस्तो हुनसक्ने सम्भावना जानकारी गराएको सूचना बाहिर आएकै थियो । तर पनि जे नहुन पथ्र्यो त्यही भयो । यही साल यो भन्दा पहिले पनि प्राकृतिक प्रकोपबाट जनधनको ठूलो क्षेति भएकै थियो । तर त्यसवेला पनि र यसपटक पनि सरकारी सेवाका निकायहरुको कुनै प्रभावकारी हस्तक्षेपबाट जनता र धनमालको संरक्षण भएको देख्न पाइएन, गौतमले एक प्रेस बिज्ञप्ति मार्फत भन्नु भएको छ ।
भारी वर्षा र त्यसबाट सिर्जना हुने बाढी पहिरोलाई रोक्न सकिने थिएन । तर समयमै प्रयत्न गरेको भए जसरी जनधनको क्षेति भएको छ त्यसलाई कमभन्दा कम गर्न सकिन्थ्यो । यदि सम्पूर्ण शक्ति सहित समयमै उपायहरु अवलम्बन गरिन्थ्यो भने क्षेति पूर्ण रुपले रोक्न सकिन्थ्यो । सबै रोक्न नसकेपनि क्षेति कम गर्न सकिन्थ्यो, तर केही पनि उपाय अवलम्बन गरेको देख्न सकिएन, उहाँले भन्नु भएको छ ।
‘मैले राष्ट्रियसभाबाट एक महिना पहिले आजको अवस्थाको आकलन गरेर नेपाल सरकारलाई अत्यन्त गम्भीरतापूर्वक केही सुझाव राखेको थिएँ । अहिले पनि मैले नेपाल सरकारसमक्ष केही सुझाव राख्न चाहन्छु । नेपालको भूगर्भिक अवस्थाका कारण हिमताल फुट्ने, पग्लने, व्यापक रुपमा सडक दुर्घटना भइरहने, भूस्खलन हुने र पहिरो जाने, पहाडी क्षेत्रमा पानी पर्दा साथ बाढी आउने, नदी किनारमा ठूलो जनधनको क्षेति हुने र नदी कटान भई किसानलाई धेरै नोक्सान हुनसक्ने अनुमान गर्न सकिन्छ ।
साना ठूला भूकम्प गइरहने अवस्था हाम्रो भूगर्भिक अवस्था र पृथ्विीमै सबभन्दा कान्छा पहाडी श्रृखंलाका कारण नै हो । हाम्रो देशमा यस्ता घटना घटी रहन्छन् । यो अवस्थालाई मध्यनजर गर्दै म सरकारलाई फेरि आज केही सुझाव दि चाहन्छु’
सुझाव निम्न अनुसार छन् :-
१. तुरुन्तै नेपाल प्रहरीको मातहत रहने गरी राजमार्ग प्रहरी फोर्स निर्माण गर्न जरुरी देखिएको छ । राजमार्गको हरेक १० कि.मि.मा सुरक्षा र उद्धारका साधन सहित प्रहरी पोष्ट खडा गर्नुपर्छ । यो फोर्सलाई गाडी चेक गर्ने, खतरा देखापरेका अवस्थामा सुरक्षित स्थानमा रहन लगाउने अधिकार हुनुपर्छ । सडकको अवस्थाको जानकारी हरेक १० मिनेटमा प्रचार प्रसार गर्ने व्यवस्था पनि फोर्सको कर्तव्यमा समावेश गर्नुपर्छ ।
२. हरेक ५ कि.मि मा सि.सि.टि.भी. जडान गर्नुपर्छ । त्यसको रिपोर्ट प्रहरी पोष्ट पुगिहाल्ने संयन्त्र पनि त्यसमा जडान गर्नुपर्छ । त्यसको आधारमा हरेक पोष्टले सवारी साधन अगाडि बढ्न नहुने अवस्थामा त्यस्ता साधनलाई सुरक्षित चल्न सक्ने अवस्थामा मात्र छोडिदिनु पर्छ ।
३. सबै सडकको वैज्ञानिक अनुसन्धान गरेर पहिरो जाने स्थानको किटान गरी जानकारी दिइरहनुपर्छ ।
४. वैज्ञानिक अनुसन्धानबाट देशभरीको पहिरो जाने क्षेत्र पहिचान गरेर ती क्षेत्रबाट आवास क्षेत्र तुरुन्त परिवर्तन गर्न लगाउनु पर्छ ।
५. बाढीबाट मानवीय क्षेति रोक्नका लागि हरेक नदी किनाराका बस्ती अथवा घर नदी भन्दा ४० मिटर टाढा बस्ती सार्न लगाउनु पर्छ । नदी किनारामा उनीहरुको आधिकारिक जमिन छ भने त्यस क्षेत्रमा कुनै आय आर्जन हुनेगरी प्रयोग गर्न छुट दिनुपर्छ ।

६. राजमार्ग बाहेक अन्यत्र क्षेत्रको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्छ र साधन स्रोतको व्यवस्थापन केन्द्र सरकारले उपलब्ध गराउनु पर्छ । अन्य जवाफदेही उनीहरुलाई बनाउनुपर्छ ।

यो पनि पढ्नुहोस्

“जिते पनि सेवा, हारे पनि सेवा” सन्देशसहित चुनावी मैदानमा फुयाँल

“जिते पनि सेवा, हारे पनि सेवा” सन्देशसहित चुनावी मैदानमा फुयाँल

१ घण्टा अगाडि
आजपाद्वारा दलाल दलतन्त्रविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय

आजपाकाे चुनावी घोषणापत्र सार्वजनिक

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

यस्ताे छ पशुपतिमा पार्किङको व्यवस्था

पश्चिमी वायुको आंशिक प्रभाव

आज महाशिवरात्रि पर्व मनाउँदै

आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक