धनुषा । गणेशमान चारनाथ नगरपालिका-४ बिरेन्द्र बजारस्थित सडकमा पोर्ताहाबाट बिरेन्द्रबजारतर्फ जाँदै गरेको मधेश प्रदेश ०२-००७ प ३३७६ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय भगले मण्डलको सोमबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।