काठमाडौं । सिस्नेरीमा आएकाे पहिरोमा परि ज्यान गुमाएका दुई खेलाडिको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
वर्षाका कारण हुन सक्ने सम्भावित क्षतिका कारण मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ स्थित श्री वात्सल्य देवी उच्च माविको प्रशिक्षण केन्द्रबाट सुरक्षित स्थानतर्फ जाँदै गर्दा पहिरोमा परि दिवस बानिया, प्रियंस आचार्य, अनुपम घलान, साइमन योन्जन, विकल रेग्मी र आदित्य बलम्पाखीको मृत्यु भएको थियो । जसमध्ये दिवस र प्रियंसाको पशुपति आर्यघाटमा सोमवार अन्त्यष्टि गरिएको हो ।
दुवै शवलाई खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालको झण्डा र एन्फा अध्यक्षले एन्फाको झण्डा आढाएर अन्तिम श्रद्धाञ्जली दिए । त्यस्तै अनुपम,साइमन र विकलको शव हेलिकप्टरबाट गृह जिल्ला मकवानपुर पठाइसकेको एन्फाले जनाएको छ । आदित्यको शव सर्लाहीको लालबन्दी पठाइएको छ । एन्फाले सम्बन्धित जिल्ला संघका पदाधिकारी तथा खेलप्रेमी महानुभावहरुलाई दिवंगत खेलाडीको स-सम्मान अन्त्येष्टिमा सहभागि हुन अनुरोध गरेको छ ।