काठमाडौं । काठमाडौं भित्रिने सडक पहिरोका कारण रोकिएपछि सुरुङ मार्गबाट यात्रुलाई काठमाडौं पठाइएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त सूचना अधिकारी इन्स्पेक्टर प्रल्हाद सिलवालका अनुसार बाटोमा अलपत्र परेका २२ सय यात्रुलाई हिजो दिनभरमा सुरुङमार्ग प्रयोग गरी काठमाडौं पठाइएको हो।
उनका अनुसार आज चाहिँ बिहानदेखि नै अत्यावश्यक ढुवानीका सवारीसाधनलाई खानीखोला तर्फबाट सुरुङमार्ग हुँदै काठमाडौँ प्रवेश गराइएको छ। तर, यात्रुवाहक सवारी भने पठाइएको छैन। लगातारको झरीमा पनि सुरुङमार्ग भने राम्रो रहेकोले अलपत्र अवस्थामा रहेका यात्रुहरुलाई काठमाडौं पठाउन सकिएको उनले जानकारी दिए।