काठमाडाैं । प्रधानसेनापति अशोकराज सिग्देल र नेपालका लागि चीनका राजदूत चेन सङबीच भेटघाट भएको छ ।
उनीहरूबीच जंगीअड्डामा शिष्टाचार भेटघाट भएको हो । उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ। यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।