काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई दिनको वर्षाले दुईतिहाइको सरकारको औकात देखाएको टिप्पणी गरेको छ ।
केन्द्रीय समितिको बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले विपद्को पूर्वतयारी नपुगेको जनाए । “दुई दिनको पानीले दुई तिहाइको सरकारको औकात देखियो,” उनले भने ।
झाले देशको राजनीति रास्वपा, रवि लामिछाने र सहकारीको तीन खम्बामा अडिएकाले पूर्वतयारी नपुगेको आरोप लगाए । मोबाइलमा सन्देश पठाउँदैमा सरकारको भूमिका पूरा नहुने भनाइ उनको छ ।
तत्कालीन गृहमन्त्री लामिछानेले विपद्बारे पूर्ववतरूपमा दिइएको निर्देशन कार्यान्वयन नभएको उनले जनाए । बिहीबार रातिबाट आएको वर्षाले देशमा ठूलो जनधनको क्षति भएको छ ।