काठमाडौं । शुक्रबारदेखि निरन्तर भारी वर्षाका कारण उपत्यकामा मात्रै शनिबार बिहानसम्म २१ जनाको मृत्यु भएको छ।
आज बिहान ११ः३० प्रहरीले जारी गरेको प्रेस नोटअनुसार पाँच जना बेपत्ता भएका छन्।
उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा मात्रै नौ जना घाइते भएका छन्। प्रहरी निरिक्षक ओमप्रकाश वाग्लेका अनुसार ७ सय २८ जनाको उद्धार जनाए।