काठमाडौं । बाँके, बैजनाथ गाउँपालिका-४ तिलकपुरस्थित किराना पसलमा शुक्रबार दिउँसो आगलागी हुँदा पसलभित्र रहेको विभिन्न सरसामानहरू जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
महोत्तरी, जलेश्वर नगरपालिका-१ स्थित अरबिन्द प्रसाद साहको खुस्बु टेन्ट हाउसमा शुक्रबार दिउँसो आगलागी हुँदा टेन्टका विभिन्न सामानहरू जलेर करिब १२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।