बुटवल । ब्रिटिश एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिश ग्रामर स्कुल रुपन्देही (नमस्ते एकडेमी) ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयमा कार्यरत सबारी चालक , सहचालक र यातायातसँग सरोकार राख्ने सम्पूर्णलाई एकताबद्ध गरि सबैले पालना गर्नुपर्ने ट्राफिक नियम, सुरक्षित यातायात सञ्चालन , यातायातको कुशल व्यवस्थापन , यातायात म्यानेजर र सो क्षेत्रसँग सम्बन्धित व्यक्तिले पालन गर्नु पर्ने नियम , कानुन , आचार संहिता र यात्रा कसरी सुरक्षित , मर्यादित , व्यबस्थित बनाउन सकिन्छ भन्ने विषयमा सचेतना सहितको प्रशिक्षण कार्यक्रम चलाइएको विद्यालयका म्यानेजर इन्जिनियर उमेश कँडेलले जानकारी गराए ।
हरेक बालबालिका अभिभावकका मुटुका टुक्रा हुन् । विद्यार्थीलाई सुरक्षित रुपमा विद्यालय ल्याउने र सुरक्षित रुपमा अभिभावकसँग पुर्याउने काम विद्यालयको हो ।
सुरक्षित यात्रा बालबालिकाको नैसर्गिक अधिकार भएकाले सो उद्देश्य पूरा गर्ने लक्ष्यका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका कार्यालय प्रमुख प्रहरी निरीक्षक रञ्जु केसीको आगमनसँगै ट्राफिक प्रहरी दुर्घटना न्यूनीकरणका लागि स्कुल-स्कुलमा पुग्न थालेको छ।
यसै क्रममा विद्यार्थी , शिक्षक र सरोकारवालाको सुरक्षित यात्राका लागि चालकसँग ट्राफिक प्रहरी भन्ने मूल नाराका साथ दुर्घटना न्यूनीकरण, ट्राफिक नियम, ट्राफिक सचेतनाका विषयमा ट्राफिक प्रहरी पोष्ट मंगलापुरका बरिस्ठ सई मिलन सिहले प्रशिक्षण र ट्राफिक प्रहरी जवान किसन कुँवरले सहजीकरण गर्नु भएको थियो र सो कार्यक्रम अत्यन्तै प्रभावकारी भएको ब्रिटिश ग्रामर स्कुलका यातायात विभाग प्रमुख बिनोद आछामीले जनाए ।
विद्यालय सञ्चालनको महत्त्वपूर्ण पाटो यातायात पनि हो । सुरक्षित, विश्वाशिलो र आरामदायी यातायात एउटा उत्कृष्ट विद्यालयमा हुनुपर्ने महत्त्वपूर्ण गुण हो । ब्रिटिश ग्रामर स्कुल रुपन्देही मोफसलकै पहिलो एसी जडित बस भएको र एक विद्यार्थी एक सिटको मान्यता अबलम्बन गरिएको एक मात्रै ए ग्रेडको विद्यालय भएकाले यस्ता महत्त्वपूर्ण ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम प्रत्येक महिना गर्ने गरिएको विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले जानकारी गराउनु भएको छ ।