बुध, जेष्ठ ८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दुर्गा प्रसाईंविरुद्ध दुई जनाको जाहेरी

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
Reading Time: 1 min read
0
मूलधारका राजनीतिक दलले विभिन्न किसिमले दुःख दिएको आरोप
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ । असोज ६ मा प्रसाईँलाई प्रहरीले भक्तपुरको थिमी स्थित उनको घरबाट पक्राउ गरेको हो । प्रसाईँसँगै बागलुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएको छ । उनीहरू फरार छन् ।

युट्युब च्यानल ‘देश दुनियाँ खबर’का सञ्चालक हुन् जीवन पाण्डे । सो युट्युबमा कार्यरत प्रकाशचन्द्र दाहालले प्रसाईँको अन्तर्वार्ता लिएर साइबर कानुन आकर्षित हुनेगरी प्रसारण गरेको आरोप छ ।

प्रसाईँविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एकजना महिलाले आफ्नो ‘चरित्रहत्या गरेको’ भन्दै जाहेरी दिएकी छन् । अर्का एकजना पुरुषले पनि उनीविरुद्ध जाहेरी दिएको साइबर ब्युरोका एसपी भागेन्द्रपुरुष ढकालले रातोपाटीलाई बताए । उनले भने, ‘दुई जनाको जाहेरी दर्ता भएको छ, त्यसमाथि हामी अनुसन्धान गर्दै छौँ ।’

दुबईबाट प्रसाईँले पहलमान थापालाई मृत्युदण्डको मुखबाट जोगाएर नेपाल फर्काएको दाबी गरेका थिए । सो दाबीलाई स्वतन्त्र पार्टीमा आबद्ध ती महिलाले ‘च्यालेन्ज’ गर्दै प्रसाईँले उद्धार गरेको कुरा झुटो भएको जनाइन् । त्यसपछि प्रसाईँले उनकोविरुद्ध देश दुनियाँ खबरमा अन्तर्वार्ता दिँदै भनेका थिए, ‘जापानमा वेश्यावृत्ति गर्ने, केटालाई केटी मिलाइदिने, भँडुवाको काम गर्ने, दलालको काम गर्ने, हामीलाई थाहा छैन ? वेश्या, भँडुवा, पागलले हल्लाएर दुर्गा प्रसाईँ हल्लिँदैन ।’

आफूविरुद्ध नाम नै किटेर चरित्रहत्या गरेपछि ती महिलाले ब्युरोमा जाहेरी दिएकी हुन् । प्रसाईँ विरुद्ध अर्का एकजना पुरुष व्यक्तिले पनि चरित्रहत्या गरेको आरोपमा जाहेरी दर्ता गराएका छन् । पुरुष व्यक्तिको नाम किटेर उनले विभिन्न युट्युब च्यानलमा बोलेको प्रमाण पीडितले प्रहरीलाई उपलब्ध गराएका छन् ।

विद्युतीय अपराध सम्बन्धी कसुरमा प्रसाईँलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । मङ्गलबार जिल्ला सरकारी वकिल कार्यालयमा उनको बयान लिइएको छ । अहिले उनलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ । क्यान्सर, मुटु र उच्च रक्तचापको बिरामी भएकाले उनलाई हिरासतमा राख्न नमिल्ने उनका कानुन व्यवसायी सुरेन्द्र भण्डारीले जनाए उनले भने, ‘अस्पतालले डिस्चार्ज नगरेपछि प्रहरीले जबरजस्ती उहाँलाई सिंहदरबार वृत्तको हिरासतमा राखेको छ ।’ प्रसाईँले हिरासतमा अनशन बस्ने घोषणा गरेका छन् ।

विद्युतीय कारोबार ऐन–२०६३ अनुसार आरोप पुष्टि भएमा ५ वर्षसम्म कैद सजाय र १ लाखसम्म जरिवाना हुने व्यवस्था छ ।

यो पनि पढ्नुहोस्

प्रचण्ड आज रोल्पा आइपुगे

प्रचण्ड आज रोल्पा आइपुगे

३ घण्टा अगाडि
महावीर पुनले उर्जामन्त्री दिपक खडकालाई नहटाए देश डुब्ने

महावीर पुनले उर्जामन्त्री दिपक खडकालाई नहटाए देश डुब्ने

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गगन थापाद्वारा सर्वोच्च अदालतमा लिखित जवाफ पेस

जिल्ला प्रहरी परिसर भद्रकालीबाट थुनुवा भाग्याे

सिग्मा कलेजको क्यान्टिनमा आगलागी हुँदा ३ लाख रुपैयाँ क्षति

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु

बिनासूचना विद्युत कटौती हुँदा खानेपानी वितरणमा समस्या

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक