काठमाडौं । स्थानीय बजारमा सोमबार पहेलो धातुको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार तोलामा १ लाख ५८ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य सोमबार बढेर १ लाख ५९ हजार २ सयमा कायम uभएको हो ।
त्यस्तै, सोमबार चाँदीको मूल्य स्थिर रहेको छ । आईतबार तोलामा १ हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार सोहि मूल्य कारोबार भईरहेको छ ।