-प्रकाशमान सक्व
साँखु शंखरापुरको छोटो परिचय प्रमाण अनुसार क़रीब ३३००(तेत्तीस सय) वर्ष अगाडीदेखि अस्तित्वमा रहेको साँखु शंखरानगरमा १०००(एक हज़ार )घर,२८ वटा ढुंगेधारा,३२ वटा ईनार,आठवटा सिधा करिब ६ मीटर चौड़ा को मूलबाटो धेरैपाटीपौवा, डबली, मठमन्दिर, र चारैतिर नगरको दुई घेरा अष्टविनायक,अष्टमंगल,अष्टमातृका पीठ र आठवटा टोलमा बिभाजित ऐतिहासिक महानगरको रुपमा निर्माण गरिएको हो।
चारैतिर हरियाली वनजंगलले घेरिएको, त्यस मुनि सफ़ा पानीको सालिनदी,गडगडे नदी(गण्डकी) ,मनोहरानदी,अशोक नदी ले सिंचित गरिएको छन। त्यस्तै नदी बाट क़रीब २१ मीटर माथि सयौं हेक्टर मलिलो माटोको उर्वर भूमी र त्यसको मध्य भागमा दाहिने शंखाकारको रुपमा निर्माण गरिएको साँखुको नेवारीमा सक्व,साँक्व हुँदैन साँखु नाम बाट परिचित भएको छ।
नेपाल भाषामा सँ दे या क्वय् अर्थात् तिब्बत व्यबस्थित मुनिको शहर भन्ने अर्थ लाग्ने सक्व साँखु काठमाण्डू उपत्यकाको प्रथम ऐतिहासिक प्रमाण भएको शहर हो । अन्न र गेडागुडी, फलफूल तरकारी प्रशस्त उब्जाउ हुने यस शंखरापुर ऐतिहासिक कालमा नेपालकी छोरी भृकुटीको तिब्बत का राजा श्रंगचंग गम्पो संग बिबाह भएको धार्मिक स्थल बज्रयोगिनी क्षेत्रकों सुधार र संग्रहालयों खाँचो रहेको छ।
तात्कालिन तिब्बत संगको नेपालको प्रमूख ब्यापारीक मार्गको रुपमा रहेको साँखु शंखरापुर लाई प्रत्येक ईतिहास को किताबमा ईतिहासकहरुले Gate way to Tibet र Trade way to tibet भनि सम्बोधन गरिएको पाईन्छ।
कलिगत सम्बत १८०१ साल हाल २०८१ सालमा कलिगत सम्बत ५१२५ साल लागेको छ ।हिसाब गर्दा ३३२४ वर्षीय जन्मउत्सब मनाएको शंखरापुर नगर निर्माणको प्रमाणित संस्कृत श्लोक यस प्रकार रहेको पाईन्छ । ।
याते कलियुगे वर्षे शस्यकाश करी मही ।
मासेच फाल्गुणे चैव तिथौ गौरी सकते शुभै ।
सप्तग्राम समूहित्वा शंखपुरो भविष्यति ।।
अर्थ सांतवटा गाउँ हरु मिलाएर कलिगत सम्बत १८०१ सालको फागुन शुक्ल तृतीया का दिन शंखरापुर नगर निर्माण गरीसकेको हो । यसरी :- गुलिमा,शासन,पावनी, नागाचां ,चोवही,गागल,गुदेख्वा गाउँहरु मिलाएर शंखरापुर निर्माण गरी वर्ष भरीमा गर्नु पर्ने कार्य हरुको व्यवस्था समेत गरेको हालसम्मन चलनचल्तिमा शंखरापुर बासी हरुले नियम पालन गर्दै आई रहेका छन् ।
चार मूल ढोकाहरुको कार्य -भौढोका बाट नयाँ दुलही र नयाँ पाहुनाहरु भित्र्याउने -जयबली ढोकाबाट छोरी बिदाई गर्ने -देब ढोका बाट बज्रयोगिनी देवीको जात्रा चलाउने -महादेव ढोका बाट नगर भित्र मृत्यु भएका मृतक लाश श्मशान लैजाने मात्र कार्य गरिन्छन् । त्यस्तै अन्य सहायक ढोकाहरु बाट माधबनारायण जात्रा स्वस्थानी सालिनदी मेला एक महिनाको चलाउने कार्य गर्दै आएका छन् । ऐतिहासिक पोखरी हरु को नाम – दुईवटा कलश पोखरी – महादेव पोखरी – कमल पोखरी -पुखलाछी ऐतिहासिक पोखरी – बिजापोखरी -चथा पोखरी सिगपुसत्तल – बाँडा पोखरी बज्रयोगिनी जात्राचाडपर्व – बज्रयोगिनीजात्रा -माधबनारायण जात्रा -ज्योतिलिंगेश्वर जात्रा – भगवती (भूद्य)जात्रा -गोरखनाथ जात्रा -कृष्ण जात्रा -गाईजात्रा (नौ दिनसम्म थरिथरिका जात्रा ,वापिज्या) – गणेश जात्रा -पायो जात्रा (खड्ग जात्रा) -बुद्ध प्रतिमा जात्रा(बुद्ध जयन्ती) नयाँवर्ष को बिस्केट जात्रा (लिंगो ठड्याउने) -नरसिंह जात्रा – वंमनू जात्रा -देवी नृत्य जात्राहरु जिवित रहेका छन ।
यहाँ प्रत्येक टोलमा परम्परागत दाफा भजन र दैनिक पंचभजन गरिन्छन् । शंखरापुर नगर स्थापनाकालदेखि नै पानीको श्रोतको रुपमा नगर भित्र मुहान देखि झण्डै साढ़े चारकिलोमीटर लामो राजकुलो निर्माण गरिएको प्रत्येक वर्ष सरसफाई गरी पोखरी ईनारलाई भरीभराउ गरी ढुंगेधाराहरुमा पानी पुर्याउने गरिन्छन्।
गठेमंगल,यन्या,सिथिनख: ,माघेसंक्रान्ति ,बैशाक संक्रांति, गुठीको व्यवस्था समेत गरिएकोले यस नगरलाई सांस्कृतिक नगर घोषणा गर्नु आवश्यक भएको छ। जात्रा चाडपर्वहरुको निरन्तरता,कला संस्कृतिको संग्रहालय स्थापित गरी भविष्यका कर्णधारहरुलाई हस्तान्तरण गर्दै जानकोलागि पनि संस्कृतिको जगेर्ना गर्नु परेको छ। बज्रयोगिनी जात्राको ३३०० वर्षको लिखितम् ईतिहास रहेको छ।
स्वस्थानी माधबनारायणको जात्रा र मेलाको ४००/५०० वर्ष को लिखितम् ईतिहास रहेको हालसम्मको प्रमाणिक भएकाे नगरी शंखरापुर हाे ।