भक्तपुर । आदिवासी जनजातिको अधिकार सम्बन्धी नेवाः युवालाई तालिम भक्तपुर गेस्ट हाउसमा २ दिने तालिम सम्पन्न भएकाे छ ।
सामुदायिक सशक्तिकरण र सामाजिक न्याय नेटवर्क (CEMSOJ) र सेभ नेपाः भ्यालीकाे अायाेजनामा भाद्र २८ गते र २९ गते गरि दुई दिनसम्म चलेकाे कार्यक्रममा नेवार समुदायका समसामयिक समस्या र नेपाः उपत्यका बचाउ आन्दोलनको इतिहासका सुरज महर्जन, अन्तर्राष्ट्रियमा आदिवासी जनजातिको अधिकार (ILO C169 र UNDRIP) र अन्तर्राष्ट्रिय वकालतका लागि रणनीतिहरूका बारेमा प्रविणन्द्र शाक्य (CEMSOJ), राष्ट्रिय कानुन र नीति तथा रणनीति/चुनौतिहरूकाे सान्दर्भिक प्रयोग बारेमा अधिवक्ता षट्काेण श्रेष्ठ, नेवाः समुदायका केही जारी मुद्दाहरू/अभियानहरूका बारेमा डुब्ने बारेमा सहजकर्ता कृष्ण शरण डंगाेल, कलिजात्राको माध्यमबाट नेपालभाषाको संरक्षणका बारेमा पुर्व मिस नेवाः नितु महर्जन, फास्ट ट्र्याक एक्सप्रेसवे र अन्य परियोजनाहरू बारेमा नरेश महर्जन, गुठी विध्ययेक र सडक र नदी किनार विस्तारले पार्ने प्रभावका बारेमा राजा राम तण्डुकार तथा पलेस्वाँ पुखू अभियान भागवत नरसिंह प्रधान लगायतका अभियान्ताहरूले कक्षा लिएकाे थियाे ।
उक्त तालिम कार्यक्रममा भविष्यका कार्यहरू र प्रतिबद्धताहरूको लागि योजना सामुदायिक तहमा के कार्यहरू गर्न सकिन्छ? अहिले जल्दाे बल्दाे समस्या समाधान गर्नका लागि नेतृत्व कसले गर्ने ? ती कार्यहरू कहिलेसम्म कार्यान्वयन गर्न कसरी, कसबाट के सहयोग (स्रोत) चाहिन्छ? SNV आन्दोलन र नेवाः युवाको फराकिलो आन्दोलनलाई कसरी बलियो बनाउने ? बारेमा बृहत रूपमा छलफल भएकाे थियाे ।