बुध, जेष्ठ ८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

कांग्रेस-एमालेको सहकार्यले सत्ताको कचकच हटेको छ: देउवा

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
0
कांग्रेस-एमालेको सहकार्यले सत्ताको कचकच हटेको छ: देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा निर्माण गरेको विपी कोइरालाको प्रतिमा अनावरण कार्यक्रममा मन्तव्य राख्दै । तस्बिर : पेमा लामा / रासस

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार बनेपछि मुलुकमा सकारात्मक सन्देश गएको दाबी गरेका छन्। काभ्रेपलाञ्चोकको धुलिखेलमा निर्माण गरिएको बिपी कोइरालाको प्रतिमा अनावरणमा बोल्दै उनले सत्ताका लागि कचकच भइरहेका बेला दुई ठूला पार्टी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको बताए।

देउवाले भने, ‘दुई मुख्य प्रतिस्पर्धी पार्टी मिल्दा के हुन्छ भन्ने चिन्ता पनि देखिएको थियो, तर मैले थाहा पाएअनुसार देशभरिमा सबैबाट सकारात्मक सन्देश गएको पाएँ।’ कांग्रेस पार्टीलाई आगामी निर्वाचन पहिलो पार्टी बनाउने गरी मिहिनेत गर्न र जनताको कामलाई पनि सँगसँगै लैजान उनले पार्टीका नेता/कार्यकर्तालाई आग्रह गरे। उनले भने, ‘सत्ता सहकार्यले मात्रै हुँदैन, अब सबै मिलेर जनताको पक्षमा काम गर्नुपर्छ।’

सभापति देउवाले ठट्यौली शैलीमा ‘कांग्रेसले कामै गर्दैनन्, गफ बढी गर्छन्’ भन्ने भाष्यलाई चिर्दै धेरै काम गर्नुपर्ने बताए। ‘अब हामीले जनतासँगको सम्बन्ध बढाउनुपर्छ, उनीहरूको मन जित्नेगरी काम गर्नुपर्छ। प्रदेश, जिल्ला तथा गाउँ एवं स्थानीयस्तरका विकास योजनामा मिलेर काम गर्नुपर्छ। जनताको दुःख, पीर–मर्का बुझ्नुपर्छ,’ देउवाको भनाइ थियो।

कांग्रेसलाई एक नम्बरको पार्टी बनाउने आफ्नो इच्छा र उद्देश्य रहेको बताउँदै उनले भने, ‘नम्बर वान पार्टी बन्नका लागि पनि जनताको काममा लाग्नैपर्‍यो। यसका लागि म सबै साथीहरूलाई पुनः आग्रह गर्छु।’

हालको यो संविधान समावेशी र समानुपातिक प्रणाली भएकाले कुनै एउटा पार्टीको बहुमत प्राप्त गर्न गाह्रो भएको उनको तर्क थियो । ‘तैपनि गाह्रै, अप्ठ्यारै भएपछि काम त गर्नुपर्‍यो नि! त्यसको निम्ति हामीले धेरै मिहिनेत गर्‍यौँ भने बहुमत प्राप्त गर्न सक्नेछौँ,’ उनले भने।

सभापति देउवाले इतिहास मात्रै भजाएर नहुने भएकाले विकास निर्माण र जनताको काममा ध्यान दिनुपर्ने दोहोर्‍याए। उनले बीपी कोइरालाको इच्छाअनुसार गिरिजाप्रसाद कोइराला प्रधामन्त्री हुँदा बीपी राजमार्गको सुरुवात गरेको स्मरण गर्दै जापानको सहयोगमा बनेको यस बाटोले पूर्व जाने छोटो बाटो तथा ‘कनेक्टिभिटी’ बढाउन निकै महत्त्वपूर्ण भएको उल्लेख गरे।

यो पनि पढ्नुहोस्

प्रचण्ड आज रोल्पा आइपुगे

प्रचण्ड आज रोल्पा आइपुगे

२ घण्टा अगाडि
रगत निःशुल्क हुनुपर्छ : महामन्त्री थापा

गगन थापाद्वारा सर्वोच्च अदालतमा लिखित जवाफ पेस

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गगन थापाद्वारा सर्वोच्च अदालतमा लिखित जवाफ पेस

सिग्मा कलेजको क्यान्टिनमा आगलागी हुँदा ३ लाख रुपैयाँ क्षति

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

जिल्ला प्रहरी परिसर भद्रकालीबाट थुनुवा भाग्याे

उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु

बिनासूचना विद्युत कटौती हुँदा खानेपानी वितरणमा समस्या

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक