काठमाडौँ / सर्लाही प्रहरीले करिब ७४ लाख बराबरको फोन बरामद गरेको छ। जिल्लाको बागमती नगरपालिका १२ स्थित चेक पोष्टमा खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा गाईघाटबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०३–०१ ख ३३८८ नम्बरको बसलाई रोकी चेकजाँच गर्दा फोन बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार बसको पछाडि डिक्कीमा भ्याट बिल नभएको ११ बोरा फोन बरामद गरिएको छ।
७३ लाख ८४ हजार ४०८ मूल्य बराबरको ५५० पिस मोबाईल आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।