आइत, जेष्ठ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

माओवादी आन्दोलनकारी शक्तिलाई एकताको प्रक्रियामा आउन पुनः आह्वान

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
Reading Time: 1 min read
0
माओवादी आन्दोलनकारी शक्तिलाई एकताको प्रक्रियामा आउन पुनः आह्वान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनकारी शक्तिलाई एकताको प्रक्रियामा आउन पुनः आह्वान गरेका छन्।

‘सबै माओवादी एक ठाँउमा केन्द्रित भएर अगाडि जानुको विकल्प छैन। सबैको मर्म एउटै छ। त्यसकारण पनि एक ठाँउमा आउनुको विकल्प छैन,’ शहीद प्रतिष्ठान नेपालको १५औं वार्षिक साधारण सभालाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै उनले भने, ‘ढिलो नगरी हामी सबै एकताबद्ध होऔं, हामीले सबै मोर्चा जित्न सक्छौं।

आफ्नो नेतृत्वको सरकारले ‘जनयुद्ध’ का शहीदलाई राष्ट्रिय शहीदको मान्यता दिएको र जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको समेत उनले स्मरण गरे। सरकारमा रहँदा जनयुद्धका शहीद, बेपत्ता र घाइतेका पक्षमा दूरगामी निर्णय गरेको उल्लेख गर्दै उनले विगतमा भएका निर्णय कार्यान्वयन गराउन सबैले दबाब दिनु आजको आवश्यकता भएको बताए।

‘हाम्रा हजारौं शहीद नै हाम्रा शक्ति हुन्, उनीहरुको सपना पूरा गराउन लाग्नु आजको हाम्रो प्रमुख कार्यभार हो, हामी एकीकृत र केन्द्रीकृत हुने बित्तिकै हाम्रो शक्ति थप मजबुत हुन्छ, ढिलो नगरी छिट्टै एकताबद्ध भएर ठाँउमा केन्द्रीतकृत होऔं,’ अध्यक्ष दाहालले भने।

उनले ठूलो प्रयासपछि संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संघीय संसद्‌मा पारित भई राष्ट्रपतिबाट स्वीकृतसमेत भइसकेको स्पष्ट पार्दै अब आयोग गठनको प्रक्रिया अगाडि बढेको बताए। आयोगमा उपयुक्त व्यक्ति छनोटका लागि दबाव दिनु आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ।

विस्तृत शान्ति सम्झौता, विगतमा भएका अन्य सहमति तथा सम्झौताका आधारमा पनि माओवादी एउटा पक्ष भएकाले कोही कसैले पनि बाहेक गर्न नसक्ने उनको कथन छ। संघीय संसद्‌मा आफ्नो पार्टीको सिट सङ्ख्या कम भएको भनेर हिनाताबोध नगर्न र कमजोर महसुस नगर्न अध्यक्ष दाहालले सबैलाई आग्रह गरे।

उनले प्रतिष्ठान मातहत हाल देशभर पाँच विद्यालय सञ्चालनमा रहेको र त्यसलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे। यस्तै उनले प्रतिष्ठान मातहतमा रहेर कृषि, उद्योग तथा अन्य उत्पादनमूलक काम गर्नेतर्फ पनि आवश्यक पहल गर्न आग्रह गरे।

माओवादी घटकबीचको साझा संस्थाका रुपमा रहेको प्रतिष्ठानलाई थप विस्तार गरेर जनताको पक्षमा काम गर्ने वातावरण बनाउनुपर्ने अध्यक्ष दाहालको जोड थियो।

यो पनि पढ्नुहोस्

गभर्नर नियुक्तिमा कानुन मिचियोः वरिष्ठ नेता डा कोईराला

गभर्नर नियुक्तिमा कानुन मिचियोः वरिष्ठ नेता डा कोईराला

२६ मिनेट अगाडि
रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी

रविलाई गैरकानुनी थुनामा राखिएको भन्दै इजलासमा पेसी

३९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नायः खिं बाजा बोल पुस्तक सार्वजनिक

प्रतिनिधि सभाको बैठक आज बस्ने

गठबन्धन परिवर्तन गर्ने सोच नरहेको स्पष्ट

रविलाई गैरकानुनी थुनामा राखिएको भन्दै इजलासमा पेसी

सीपी खेतानले ८० मिलियनमा बुटिक होटल खरिद गरे

न्यूनतम तलबमान ४० हजार तबलमान निर्धारण गर्न आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक