शुक्र, माघ ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालमा राजनीतिक समिकरण फेरबदलको प्रयास थालिए

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपालमा राजनीतिक समिकरण फेरबदलको प्रयास थालिए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका उडेका छन् । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन आज दिउँसो अमेरिका उडेका हुन् ।

उनी असोज १४ गते काठमाडौं फर्किने कार्यतालिका छ। प्रधानमन्त्री ओली अमेरिकामा रहेकै बेलामा यता नेपालमा राजनीतिक समिकरण फेरबदलको प्रयास थालिएको चर्चा छ ।

खासगरी कांग्रेस र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुले दुई दल मिलेर सरकार चलाउनेतर्फ सोच्नुपर्नेगरि गृहकार्य थालेका छन् ।

एमाले अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री ओलीको धोकाकै कारण आफू अकस्मात सरकारबाट बाहिरिनुपरेको प्रचण्डको बुझाई छ । उनी कुनैपनि हालतमा ओलीसँग बदला लिने मुडमा छन् । र, एमालेलाई तत्कालै सत्ताबाट पर धकेल्न चाहन्छन् । हुन त दाहालले अहिले आफ्नो र पार्टीको प्राथमिकता सत्ता नभएको दाबी गरेका छन् । तर, उनले यही बीचमा कांग्रेसका नेता शेखर कोइरालासँग गरेको लगातारको भेटवार्ताले पनि कुनैपनि हालतमा कांग्रेस र एमालेको समिकरण भत्काउन आँतुर छन् भन्ने कुरा देखाउँछ ।

कांग्रेस सभापति देउवा पत्नी डा. आरजु राणा देउवा यतिवेला परराष्ट्रमन्त्रीको जिम्मेवारीमा छिन् । उनकै जोडबलमा कांग्रेस र एमालेको सहकार्य भएको बताईन्छ । मन्त्री राणा भारत भ्रमणमा रहेको बेलामा प्रचण्डका दुवै छोरी रेनु र गंगा पनि दिल्लीमै पुगेको चर्चा छ ।

कतिसम्म भने रेनु र गंगा बसेको होटेलमै आरजुलाई पनि राखिएको खुलासा भएको छ । यो कुरा स्वयम प्रचण्डले ऋषि धमलासँगको अन्तर्वार्ताको क्रममा खुलाएका हुन् । यद्धपी दाहालले आरजु र आफ्ना छोरीहरुबीच भेटवार्ता वा कुराकानी नभएको स्पष्ट पारेका छन् । दाहालले आफ्ना छोरीहरु विशुद्ध पारिवारिक भ्रमणमा भारत गएको दाबी गरेका छन् ।

पछिल्लो समय प्रधानमन्त्री ओलीपनि कांग्रेस नेतृत्वको भूमिकाप्रति सशंकित बनेका छन् । उनले आफूविरुद्ध घेराबन्दी भएको र अबको दिन अप्ठ्यारा रहेको भनेर पार्टीभित्र गरेको ब्रिफिङले पनि उनी कति असहज अवस्थामा छन् भन्ने कुरा पुष्टि हुन्छ । प्रधानमन्त्री ओली अमेरिकामा रहेकै बेलामा यता राजनीतिक धोकाधडीको शृखंला दोहोरिने चर्चा छ ।

अहिले कांग्रेस र माओवादीसहितको पूरानै गठबन्धन ब्युँताउनको लागि सबैभन्दा सक्रिय भूमिका माधव कुमार नेपालले पनि खेलेको चर्चा छ। यो बीचमा माधव नेपालले देउवासँग भेटवार्ता गरेको बुझिएको छ । देउवाले अहिलेको कांग्रेस र एमालेको गठबन्धन दायाँबायाँ नहुने बताउँदै आएका छन् ।

तर, पार्टीको आसन्न १५औं महाधिवेशनलाई ध्यान दिएर देउवाले त्यसअघि नै सत्ताको नेतृत्व लिने कुरामा सकारात्मक जवाफ दिने गरेका छन् । माधव नेपालकै जोडबलमा देउवा र दाहालबीच आज/भोलिभित्रै निर्णायक भेटवार्ताको तयारी भैरहेको स्रोतको दाबी छ । दुई नेताबीच भेटवार्ता गराउनको लागि दुवै दलका दोस्रो तहका नेताहरु पनि खटिएको चर्चा छ ।

यो पनि पढ्नुहोस्

कांग्रेसमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको बैठक बस्दै

कांग्रेसमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको बैठक बस्दै

१५ घण्टा अगाडि
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्याे

देशभरका तीन हजार ४८६ उम्मेदवारले मनोनयन पत्र दर्ता

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

कमल थापा नेतृत्वको राप्रपा नेपालले विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने निर्णय

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चुनावी प्रचारका लागि नेता बालेन शाह इलाम पुगे

धान आयातमा साढे २० अर्ब खर्च

चुनाबी माहोलले ओझेलमा कांग्रेसको मुद्दा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक