काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले उदयपुरको घुर्मीमा नयाँ शाखा विस्तार गरेको छ ।
मंगलबारदेखि बैंकले उदयपुरको कटारी नगरपालिका–१४ मा घुर्मी शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकका कोशी प्रदेश प्रमुख यशपालकुमार तिब्रेवालले नयाँ शाखाको उद्घाटन गरेका हुन् ।
नयाँ शाखाबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू उपलब्ध हुने उनले जनाए ।
मंगलबारदेखि नै नयाँ शाखाबाट सम्पूर्ण बैंकिङ सेवाहरू दिन थालिएको बैंकले जनाएको छ ।