मङ्ल, कार्तिक २५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कोदो मर्न थालेपछि पर्वतका कृषक समस्यामा

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
कोदो मर्न थालेपछि पर्वतका कृषक समस्यामा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पर्वत । निरन्तर चार वर्षदेखि कोदो मर्न थालेपछि पर्वतका कृषक समस्यामा परेका छन् । निकै मेहनत र खर्च गरी लगाएको बाली फल्ने बेलामा मर्न थालेपछि कृषक चिन्तित बनेका हुन् ।

फल लाग्ने बेलाको कोदो मर्ने, रातो भएर सुक्ने र गुभो कुहिने जस्ता समस्याले कृषक यस वर्ष पनि उत्पादन लिन नसक्ने अवस्थामा पुगेका हुन् । निरन्तर उत्पादन लिने बेला मर्न थालेपछि कोदो उत्पादनमा ह्रास आएको छ ।

पसाउनै लागेको कोदोमा गुभो मर्ने समस्या आएपछि फलेवास नगरपालिका वडा नं.–८, ठानामौला नेपानेका दलबहादुर सुनारले रोपेको खर्चसमेत नउठ्ने भएकाले समस्यामा परेको बताउनुभयो । उहाँले करिब १० रोपनी बारीमा रोपेको कोदोमा गुभो मर्ने समस्या देखिएको जानकारी दिनुभयो ।

अधियाँ लिएर हजारौँ खर्च गरेर खेती गरेको भए पनि कोदोमा गुभो मर्ने समस्याले मर्कामा परेको दुःखेसो गर्नुभयो । उहाँले भन्नुभयो, “१० देखि १५ मुरी कोदो उत्पादन हुने बारीमा गत साल दुई मुरी १० पाथी मात्र कोदो फल्यो । अहिले झनै घट्ने भयो अधियाँ बुझाउनसमेत नपुग्ने चिन्ताले सताएको छ ।”

कोदो मर्ने र रातो लाग्ने समस्या फलेवासमा मात्र नभएर जिल्लाको कुस्मा नगरपालिकामा पनि यस्तै छ । कुस्मा नगरपालिकाका वडा नं. १०, ११, १२, १३ र १४ मा पनि रातो लाग्ने, मर्ने र गुभो सुक्ने समस्या देखिएको छ । ठुलीपोखरीका कृषकनारायण पौडेलको पनि चार रोपनी क्षेत्रफलमा लगाएको कोदो यस्तै भएको बताउनुभयो ।

कोदो खेती गर्न खर्च बढी लाग्ने, काम गर्ने मजदुर नपाइने र उत्पादनसमेत घट्न थालेपछि कृषकले कोदो खेती गर्न छाडेका छन् । खेती गरेर उत्पादन नहुने, बजार नपाइने र काम गर्ने जनशक्तिसमेत नपाइने भएकाले खेती गर्नसमेत छाडिएको कुस्मा नगरपालिका–१२ का कृषक लीलाधर पौडेलले बताउनुभयो ।

उहाँका अनुसार जेठ महिनामा बिउ राख्नेदेखि काट्ने बेलासम्मको खर्च र उत्पादनको हिसाब गर्दा कोदो खेती गरेर फाइदा नहुने र उत्पादन भई हाले पनि बजार मूल्य निकै कम हँुदा कृषकले कोदो खेती गर्न छाडेका छन् । वडा कार्यालय, नगरपालिका तथा कृषि ज्ञान केन्द्रमा समयमै रोगको पहिचान गरी औषधि उपचार गर्न कृषकले आग्रह गरे पनि समाधान नभएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । कृषि ज्ञान केन्द्रले गत साल कुस्मा नगरपालिका–१२, ठुलीपोखरीको माटो जाँच गरी कृषि चुनाको प्रयोग गरेमा यस्तो रोगको समाधान हुने भनेपछि कृषकले चुना खरिद गरी उपचार गरे पनि यस वर्ष झनै मरेको कृषक पौडेलले बताउनुभयो ।

यता क्षेत्रीय कृषि निर्देशनालयका प्रमुख वासुदेव रेग्मीलेसमेत कृषि चुना प्रयोग गरेमा यस्तो समस्या समाधान हुने बताउनुहुन्छ । कृषकले भने गत साल प्रयोग गर्दासमेत समस्या कम नहुँदा कृषि प्राविधिकले अनावश्यक सल्लाह दिएको बताउँदै आएका छन् । कोदोमा समस्या देखिएपछि कृषि ज्ञान केन्द्र पर्वतका प्राविधिक गाउँ गाउँमा गएर अध्ययन गरेको केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले बताउनुभयो । उहाँका अनुसार रोग पत्ता नलागेको र कृषकलाई कुनै समाधान दिन नसकिएको बताउनुभयो ।

जिल्लाका अधिकांश स्थानमा यस्तो समस्या देखिएकाले केही रोग रोप्नुभन्दा पहिला नै उपचार गर्नुपर्ने खालका छन् भने केहीको क्षेत्रीय प्रयोगशालमा नमुना सङ्कलन गरी जाँचका लागि पठाइएको बताउनुभयो । जाँचको रिपोर्ट आएपछि रोकथामका लागि तयारी गरिने उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएल क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक

५ घण्टा अगाडि
दुई लाख ४६ हजार ५७५ विदेशी पर्यटक भित्रिए

दुई लाख ४६ हजार ५७५ विदेशी पर्यटक भित्रिए

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भौतारिएको समाजवादको यात्रा

व्यक्तिगत विवरण एकपटकलाई सच्याउन पाउने बाटो खुल्याे

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

एमालेले मुलुकभरका स्थानीय पालीकामा प्रदर्शन

मधेसकाे घटना लोकतान्त्रिक अभ्यासमाथिको अपमान

मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध सर्वोच्चमा रिट हाल्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक