काठमाडाैं । प्रधानसेनापति अशोकराज सिग्देल र नेपालका लागि श्रीलंकाका महामहिम राजदूत Air Chief Marshal Sudarshana Pathirana (Retd) बीच जंगीअड्डामा बुधबार शिष्टाचार भेटघाट भएको छ।
प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो।
यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।