शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

दुई महिनामै थपियो करिब १ खर्ब सार्वजनिक ऋण

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
Reading Time: 1 min read
0
दुई महिनामै थपियो करिब १ खर्ब सार्वजनिक ऋण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार भदौ मसान्तसम्म ९४ अर्ब ५२ करोड बराबर ऋण थपिएको हो । असार २०८१ सम्म २४ खर्ब ३४ अर्ब रहेको सार्वजनिक ऋण दुई महिनामै २५ खर्ब २८ अर्ब नाघेको छ ।

 अच्युत पुरी

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा झन्डै १ खर्ब रुपैयाँ बराबर सार्वजनिक ऋण थपिएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार भदौ मसान्तसम्म ९४ अर्ब ५२ करोड बराबर ऋण थपिएको हो । असार २०८१ सम्म २४ खर्ब ३४ अर्ब रहेको सार्वजनिक ऋण दुई महिनामै २५ खर्ब २८ अर्ब नाघेको छ ।

योसँगै कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सार्वजनिक ऋण अनुपात समेत ४४.३२ प्रतिशत हाराहारी पुगेको छ । कार्यालयका अनुसार यसरी दोस्रो महिनामै ह्वात्तै सार्वजनिक ऋण उचालिनुमा एकातर्फ आन्तरिक ऋण परिचालन दोस्रो महिनामै ९० अर्ब रुपैयाँ हाराहारी हुनु र दोस्रो विनियम दर अनुसार अमेरिकी डलरको मूल्य बढ्दा नेपाली रुपैयाँमा सरकारले तिर्ने ऋणको हिस्सा बढ्न पुगेको देखिन्छ ।

कार्यालयका अनुसार भदौ मसान्तसम्म कुल सार्वजनिक ऋणमा आन्तरिक ऋण हिस्सा १२ खर्ब ३५ अर्ब ९० करोड रहेको छ । यो जीडीपीको २१.६६ प्रतिशतजति हो । वाह्य ऋण १२ खर्ब ९२ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । यो जीडीपीको २२.६६ प्रतिशत हुन आउँछ ।

यो महिनासम्म सरकारले कुल सार्वजनिक ऋण १ खर्ब ४ अर्ब उठाएको छ । जसमध्ये आन्तरिक ऋण ९० अर्ब लिइएको छ भने वाह्य ऋण १४ अर्ब ५ करोड लिइएको छ ।

पछिल्लो दुई महिनामा विनिमय दरमा आएको परिवर्तनका कारण वाह्य ऋणमा ३० अर्ब १४ करोड ऋणभार थपिएको छ । उता, दुई महिना अवधिमा कुल ३९ अर्ब ६७ करोड रुपैयाँ सार्वजनिक ऋण भुक्तानीमा खर्च भएको छ ।

यसरी दुई महिनामा १ खर्ब रुपैयाँ हाराहारी खुद सार्वजनिक ऋण बढ्न पुगेको हो । सार्वजनिक ऋण प्राप्ति गर्नु बाध्यता भए पनि यसको सही सदुपयोग गर्नुपर्ने विज्ञले बताउँदै आएका छन् ।

कार्यालयले भने विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको पछिल्लो ऋणको दिगोपना विश्लेषणमा नेपालको सार्वजनिक ऋणमा वैदेशिक तथा कुल सार्वजनिक ऋण परिमाण जोखिम रहित देखाएको छ ।

यो विश्लेषण असार मसान्तसम्मको तथ्यांकमा आधारित छ । उक्त तथ्यांक अनुसार जीडीपीको ४२.६७ प्रतिशत सार्वजनिक ऋण थियो । तर, दुई महिनामै बढेको ऋणले भने पुनः जोखिम उन्मुख संकेत गरेको छ ।

दुई महिनामै उठाइयो लक्ष्यको १८.६६ प्रतिशत ऋण

चालु आव सरकारले कुल ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन लक्ष्य राखेको छ । भदौसम्म उठाइएको सार्वजनिक ऋण लक्ष्यको १८.६६ प्रतिशत हो ।

यो वर्ष सरकारले दुई महिनामा आन्तरिक ऋणतर्फ लक्ष्यको २७.२७ प्रतिशत उठाइसकेको छ । यस वर्ष ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखिएको छ ।

वाह्य ऋण लक्ष्य २ खर्ब १७ अर्ब रुपैयाँ छ । भदौसम्म १४ खर्ब ५ अर्ब रुपैयाँ उठाइएको छ । जुन लक्ष्यको ६.४८ प्रतिशतमात्र हो । वाह्य ऋण भने विकास निर्माण गतिमा समेत निहित रहन्छ । विकास निर्माणको सुस्त गतिका कारण सरकारले लक्ष्य अनुसार प्राप्ति गर्न सकिरहेको छैन ।

भुक्तानी पुग्यो १२ प्रतिशत

यस वर्ष लक्ष्यको ११.८४ प्रतिशत रकम भुक्तानी भइसकेको छ । कार्यालयका अनुसार भदौसम्म सरकारले ४७ अर्ब ७१ करोड रुपैयाँ बजेट ऋण भुक्तानीमा खर्च गरेको छ । यो लक्ष्यको ११.८४ प्रतिशत हो । यस वर्ष सरकारले ऋण तिर्न ४ खर्ब २ अर्ब रुपैयाँ विनियोजन गरेको छ । जुन पूँजीगत खर्चभन्दा धेरै हो । onlinekhabar

यो पनि पढ्नुहोस्

कुलिङ पिरियड’ र सेवा उमेर हदसम्बन्धी बाँकी रहेका मतान्तर सहमतिबाट टुंग्याइने

सर्वोच्चमा गृहमन्त्री लेखकको बर्खास्तीको माग

२ घण्टा अगाडि
ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

सर्जरीबाट मिर्गौलाको पत्थरी निकालिदियाे

लुम्बिनी प्रदेश सभाको छैटौँ बैठक बस्दै

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

रविको मुद्दामा आज आदेश आउन सक्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक