बिहि, फाल्गुन ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

खोजी धनराजको धनको, चर्चा सहकारी डिभोर्सको !

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
छोरीलाई दाइजो हैन शिक्षा, आफ्नै भनाइ कार्यान्वयन गर्ने ठाउँमा ओली !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–जानकी पाण्डे

सहकारीका हजारौं बचतकर्ताको रकम अपचलन भएको विषयमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदन तयार पारेको छ । काठमाडौं , पोखरा, चितवन, बुटवलमा रहेका सहकारीको करोडौं रकम अपचलन भएको निष्कर्ष छ । विशेषगरी रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने केन्द्रित संसदीय समितिको छानबिनले उनलाई बचत अपचलनमा पनि जिम्मेवार ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको छ । तर, लामिछाने यो प्रकरणमा प्रत्यक्ष संलग्न भने देखिएका छैनन् । गितेन्द्रबाबु (जीबी) राई ले सञ्चालन गरेका सहकारीबाट करोडौं रकम गोरखा मिडिया नेटवर्कमा आएको देखिन्छ ।

तर, राईसँगै त्यतिबेला गोरखा मिडियाका प्रबन्ध निदेर् शक रहेका लामिछाने पनि तानिएका छन् । संसदीय समितिले अर्को सहकारी ठगी काण्डमा भने एक प्रमुख नेता मुछिएको विषयलाई नजरअन्दाज गरेको छ । सहकारी ठगी प्रकरणमा लामिछानेमाथि कारबाहीका लागि चर्का नारा लगाउने कांग्रेस उपसभापति तथा सांसद धनराज गुरुब अहिले आफैं सहकारीको बचत अपचलनको आरोपमा मुछिएका छन् ।

ललितपुरस्थित महालक्ष्मीमा रहेको मितेरी बचत तथा ऋण सहकारीमा अनियमितता भएको ५ वर्ष बिते पनि बल्ल अनुसन्धान सुरु भएको छ । सहकारीको अनियमितताको गुरुबको समेत नाम जोडिएर चर्चामा आएपछि बल्ल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सुरु गरेको हो । अवकाशप्राप्त भूतपूर्व गोर्खा सैनिकहरू मिलेर २०५७ सालमा स्थापना भएको मितेरी सहकारीमा रकम अपचलन २०७६ सालमा नै भएको थियो । महाप्रबन्धक ज्योति गुरुब २०७६ माघदेखि फरार भएपछि संस्थाबाट १३८ जनाको नाममा नक्कली कर्जा देखाएर १२ करोड ५० लाख हिनामिना भएको भेटियो ।

तर, लामो समयसम्म संस्थाले उनीविरुद्ध कुनै कारबाही अघि बढाएन । संस्थामा समस्या हुन थालेपछि ३ वर्षपछि मात्र २०७९ चैतमा सञ्चालक सूर्यबहादुर थापाको संयोजकत्वमा समिति बनाएर आन्तरिक छानबिन गरेको थियो । छानबिन समितिले फरार महाप्रबन्धक गुरुबलाई नै मुख्य जिम्मेवार रहेको ठह¥याउँदै प्रतिवेदन बुझायो । समितिको प्रतिवेदनपछि पनि संस्थाले डेढ वर्षसम्म कानूनी कारबाहीको प्रक्रिया बढाएन । तर, यस विषयमा उच्च तहमा चर्चा हुन थालेपछि मात्र अध्यक्ष कुम्भराज गुरुबले साउन दोस्रो साता प्रदेश रजिस्ट्रार कार्यालयमा छानबिन माग गर्दै उजुरी दर्ता गरेको पाइएको छ ।

महाप्रबन्धकका ज्योतिका श्रीमान्समेत रहेका उपसभापति गुरुबले हिनामिना भएको रकम तिर्ने प्रतिबद्धता गरेकाले कुनै कारबाही अघि नबढाएको अध्यक्ष गुरुबले दाबी गरेका छन् । तर, यो प्रकरणले सहकारी डिभोर्सको विषयमा सतहमा ल्याएको छ । श्रीमान् वा श्रीमतीले सहकारीको रकम अपचलन गर्ने र दायित्वबाट पन्छिन नक्कली डिभोर्स गर्ने चलन देखिएको छ । मितेरी सहकारीको विषयमा पनि धनराज र ज्योतिबीच डिभोर्स भएको देखिन्छ । यति सहकारीको ठगी रकम फिर्ता गर्नुपर्ने अवस्था आइहाले पनि यसमा धनराज चोखिने र उनको नाममा रहेको सम्पत्ति पनि जोगिने उद्देश्य यस्तो डिभोर्समा देखिएको छ । धनराज मात्र नभई अन्य सहकारी ठगीमा संलग्नले पनि यस्तो कानुनी प्रक्रिया अपनाएको देखिन्छ । आर्थिक हिनामिनापछि २०७६ साल माघदेखि महाप्रबन्धक गुरुब सम्पर्कविहीन छिन् । उपसभापति गुरुबले पनि पत्नीसँग २०७६ फागुनमा सम्बन्ध विच्छेद भइसकेको बताएका छन् । राजनीतिक पार्टीको ठूलो नेताको नाम सहकारी अनियमिततामा मुछिएपछि सहकारीको बचत अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिले पनि भदौ ६ गते मितेरी सहकारीका अध्यक्ष गुरुबसँग सोधपुछ गरेको थियो । समितिमा उनले महाप्रबन्धक गुरुबको अनियमितताले संस्था समस्यामा परेको र यसको दायित्व उनका पतिसमेत रहेका उपसभापति गुरु बले पनि लिनुपर्ने बताएका थिए ।

तर, गुरुबलाई सहकारी ठगी प्रकरणमा वाग्मती सरकारले जोगाउन खोजेको छ । कांग्रेसका बहादुरसिंह लामा मुख्ममन्त्री र सोही पार्टीका विमल ठकुरी सहकारी मन्त्री रहेका बेला प्रदेश सरकारले आन्तरिक छानबिनका नाममा धनराजसहित ६ जनाको नाम हटाएर सीआईबीमा पत्राचार गरेको छ । सहकारीका सञ्चालकले वाग्मतीको सहकारी मन्त्रालयमा उजुरी दिएका थए । यसले सत्तामा रहेका दलले आफ्नो नेतालाई भने अनियमिततामा पनि संरक्षण गर्ने नीति लिएको स्पष्ट हुन्छ । देशका केही सहकारीमा बचतकर्ताको रकम अपचलन भएको स्पष्ट छ । यसका लागि सरकारले छानबिन समिति बनाउनु र कारबाहीको प्रक्रिया अघि बढाउनु पनि स्वागतयोग्य नै छ ।

तर, यस्तो कारबाहीलाई भने पूर्वाग्रही वा प्रतिशोधपूर्ण बनाउनु उपयुक्त हुँदैन न आफ्नो पक्षलाई बचाउने प्रयास । सरकारलाई को आफ्नो को पराई नभनी यो प्रकरणमा दोषी देखिएकालाई कारबाही गर्ने हो भने मात्र सहकारीमा अहिले देखिएको विकृतिमा सुधार हुन सक्छ । यसका लागि सरकारले सहकारी ठगीमा संलग्नहरुको सम्पत्ति खोज्ने, नक्कली डिभोर्स गरिएका प्रकरणको उचित छानबिन गर्ने र दोषीलाई कठघरामा उभ्याउने आँट गर्नुपर्छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

गणतन्त्रका शासकहरुलाई लज्जाबोध हुनैपर्ने विषय !

गणतन्त्रका शासकहरुलाई लज्जाबोध हुनैपर्ने विषय !

११ महिना अगाडि

संसद्लाई जनताको थलो बनाउन नसकिने पुष्टि

१२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कृपया मतलाई दान नगर्नुहोस

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेता बालेन साहले एजेन्डा विहीन भन्नेहरूलाई जवाफ दिए

सार्वजनिक बिदामा पनि राहदानी सेवा जारी

निर्वाचनका लागि आवश्यक ९० हजार मतपेटिकाको व्यवस्था

मतदाताका घरघरमा मत माग्न पुगे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक