शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

ओलीलाई सम्मान गर्ने बालेन किन उत्रिए विरोधमा ? 

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
Reading Time: 1 min read
0
ओलीलाई सम्मान गर्ने बालेन किन उत्रिए विरोधमा ? 
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
-निमकान्त पाण्डे
गत स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका बालेन्द्र शाह अर्थात् बालेनले बेलाबेलामा शीर्ष राजनीतिक दलका नेताहरुको विरोध गर्दै आएका छन् । सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीको गतिविधिलाई लिएर उनको टिप्पणी हुने गरेको छ । हाल प्रधानमन्त्री रहेका केपी शर्मा ओलीप्रति पनि उनले सामाजिक सञ्जालबाट आलोचना गर्दै आएका छन् । काठमाडौंको मेयर निर्वाचित भएलगत्तै बालेनले ओलीसँग भेट गरेका थिए । त्यतिबेला ओलीले बालेनलाई तबला उपहार दिएका थिए ।
इन्जिनियर तथा ¥यापरसमेत रहेका बालेनलाई सांगीतिक झुकाव देखेर तबला उपहार दिएको ओलीले बताएका थिए । २०७९ असारको उक्त भेटपछि दुवै नेताबीच सम्बन्ध सुमधुर हुनुको साटो झन्झन् बिग्रँदै गएको देखिन्छ । अहिले त दुवै पक्षबीच पानीबाराबारको जस्तो अवस्था देखिएको छ । गत मंगलबार काठमाडौंको बसन्तपुरमा इन्द्रजात्रा मनाइँदै गर्दा त्यो अवस्था झनै देखियो । काठमाडौं महानगरको प्रमुखको निमन्त्रणमा सरकार प्रमुख यस जात्रामा सहभागी हुने परम्परा छ । तर ओलीलाई निमन्त्रण गर्नुपर्ने र एउटै मञ्च सेयर गर्नुपर्ने भएपछि बालेन आफ्नो पुरानो कलेजको कार्यक्रमका लागि भारत गए । इन्द्रजात्रामा दुई नेताबीच भेट हुन पाएन । एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पुराना तथा शीर्ष नेता हुन् । बालेन भने युवा नेता । तर, यी दुईमा मनमुटावको अवस्था किन आयो ?
खासगरी काठमाडौं महानगरमा एमालेका जनप्रतिनिधिका कारण आफूले काम गर्न नसकेको बालेनले महसुस गर्दै आएका छन् । अर्कोतर्फ काठमाडौंमा सुकुम्बासी बस्ती हटाउन नदिएको र उल्टै एमालेले संरक्षण दिएको पनि आरोप बालेनको छ । पछिल्लो समय नदी किनारका बस्तीका सम्बन्धमा सर्वोच्च अदालतले दिएको फैसलाको विषयमा पनि यी नेता आमनेसामने भएका छन् । काठमाडौं उपत्यकाभित्रका नदी तथा खोला किनारामा हाल कायम २० मिटरको हदबन्दीमा थप २० मिटर छोडेर मात्रै घर तथा संरचनाहरु निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको आदेशको अहिले काठमाडौं महानगरभित्र विरोध भइरहेको छ । यो विषयमा सर्वोच्च अदालतले आदेश गरे पनि विरोधको निशानामा भने काठमाडौं महानगरका मेयर बालेन शाह छन् ।
बालेनले अदालतको आदेश उल्लेख गर्दै सूचना जारी गरेपछि अहिले उनले नै आदेश दिएको जसरी विरोध भइरहेको हो । बालेनको विपक्षमा रहेका दलहरु यो मुद्दालाई चर्काउन उद्दत देखिन्छन् । सर्वोच्चको आदेश ३ वर्षअघि नै आएको हो । न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले २०७६ साउन २० गते १२ बुँदे फैसला जारी गरी नदीतटको मापदण्ड थप २० मिटर कायम गर्न आदेश दिएको थियो । त्यति बेला अहिले प्रधानमन्त्री रहेका केपी शर्मा ओली नै प्रधानमन्त्री थिए । उनले नियुक्त गरेका महान्यायाधिवक्ता अग्नि खरेल थिए ।
एमालेबाट बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल र काठमाडौंको मेयरमा विद्यासुन्दर शाक्य थिए । सरकारी यी पक्षले सचिव र सम्बन्धित कर्मचारी पठाएर तर्क गरेपछि र नदी तट उपयोगिताको योजना अदालतलाई देखाएपछि मात्र अदालतले त्यो फैसला गरेको थियो । तर, अहिले बालेनले यो विषय सर्वसाधारणलाई जानकारीका लागि र नठगियून भनेर उठाउँदा उनले आदेश जारी गरेको भाष्य स्थापित गरिएको छ । जब कि कानून बनाउने नेताहरु, न्यायाधीश बनाउने पनि नेताहरु ! न्यायाधीशले गरेको फैसलामा बालेन कसरी दोषी भए ? तर पछिल्लो समय बालेनको बढ्दो लोकप्रियताबाट डराएका नेताहरु अहिले उनको विरोध गर्नका लागि विगतमा पुनरावेदनमा नगएको विषयमा अहिले पुनरावेदनमा गएका छन् । नदी तथा खोलाको तटीय क्षेत्रमा निर्माणको योजना बनाउँदा, नक्सापास गर्दा, घरजग्गाको कारोबार गर्दा वा घरजग्गा धितो राख्दा यसको मापदण्ड छ ।
यसलाई पालना गर्न बालेनले सम्झाएका मात्र हुन् । यसमा बालेनको विरोध गरिरहनु पूर्वाग्रह मात्र हो । यदि सरकार र नेताहरुलाई जनताको चिन्ता लागेको हो भने त्यहीअनुसार कानुन बनाउन आवश्यक छ । त्यसका लागि संसदको उपयोग गर्न सकिन्छ । कानुन बनाउने अधिकार पनि सरकारलाई छ । तर, कसैलाई बद्नाम गर्नकै लागि विरोध गर्नु नेताहरुका लागि शोभनीय हुँदैन । अझ ओलीजस्ता पुराना नेताले बालेनप्रति इगो लिएर यस्तो निर्णय लिनु सुहाउँदैन । बालशोषण गरेको आरोप लागेकी एमाले नेतृलाई कारबाही नगरेकोमा पनि बालेनले आपत्ति जनाउँदै आएका छन् ।
उक्त नेतृलाई संरक्षण गरेको भन्द बालेनले आलोचना गरेका हुन् । महानगरले शोषणमा परेकी बालिकाको उद्धार गरेको थियो । यही कारणले सामाजिक सञ्जालमा दुवै नेताका समर्थकले एक अर्कालाई अनफलो गर्ने अभियान नै चलाएका थिए । ओली पाका पुस्ताका नेता हुन् बालेन युवा । बालेनका कारण युवाले राजनीतितर्फ पनि चाख बढाएका छन् । यस्तो अवस्थामा यी दुई नेता मिल्न सकेमा त्यो देश र जनताको भलाइमा हुने थियो । ओलीले युवा नेताको रुपमा बालेनको समर्थन गर्न सके उनको पनि हालसम्मको राजनीतिक यात्रा अझै प्रभावकारी र सफल हुने थियो । त्यसैले विरोधभन्दा पनि मेलमिलापको वातावरण सृजना गर्न जिम्मेवार पक्ष लाग्नुपर्छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

कानुनले रोक्दैन भने पूर्वराष्ट्रपति राजनीतिमा लाग्न किन नपाउने ?

ओलीको भारत भ्रमण गर्ने रहर ! किन रेस्पोन्स गरेन भारतले ?

३ महिना अगाडि
न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?

के पाए जनताले ? नेताहरुले आत्मसमीक्षा गर्ने कि ?

१ वर्ष अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

नेपाललाई हिन्दुराष्ट् बनाउने भारतको कसरत

सुनको मूल्य वृद्धि

देश नै रित्तिने गरी युवाहरू विदेश पलायन तीव्र !

चलचित्र ‘के घर के डेरा : घर नं २’ को ट्रेलर ट्रेन्डिङको ५ नम्बरमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक