काठमाण्डौ / महिला उद्यमी राज्यलक्ष्मी शाक्यलाई मातृशोक परेको छ । ८३ बर्षिया आमा ईश्वरीमाया महर्जनको हिजो दिउसो जन्मदिन मनाईएको थियो । अकस्मात राती स्वास्थ्यमा समस्या देखिनुका साथै अचेत हुनुभएको थियो ।
एम्बुलेन्स बोलाएर त्रिपुरेश्वरस्थित ब्लुक्रश अस्पतालमा पुग्दा निजलाई मृत घोषणा गरिएको थियो ।आफन्तजनहरुको बाक्लो उपस्थितिबीच पशुपति आर्यघाटमा बुधबार नै अन्तिम संस्कार गरिएको थियो । जनधारणा परिवारले दिवंगत आमाप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त छोरीहरु शकुन्तला र राज्यलक्ष्मीसहित परिवारजनमा हार्दिक समबेदना ब्यक्त गरेको छ ।