विराटनगर। नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई विश्वासको मत नदिने जनाएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेपछि माओवादी केन्द्रले विश्वासको मत नदिने जनाएको हो ।
‘जनताद्धारा होइन केन्द्रको पनि प्रदेशको पनि,’ माओवादी सांसद गणेश उप्रेतीले भने ,‘ भ्रष्टद्धारा निर्मित सरकारलाई विश्वास दिन सकिदैन, त्यस कारण हाम्रो दलबाट हाम्रो सरकारले विश्वास रहदैन, विश्वास छैन ।’
सरकारले जनताको सेवा नगर्ने बताउँदै उनले सरकारलाई समर्थन नगर्ने बताए । ‘जतिसक्दो छिटो सरकारको बिगठन र सरकारको अन्त्य र समाप्तीबाट मात्रै नै सुशासनको अघि बढ्न सक्छ,’ उनले भने,‘…. यो सरकारलाई हाम्रो समर्थन रहदैन ।’