बुध, मंसिर ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नवीनतम कृति ‘आनन्द संहिता’ को चर्चा

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
नवीनतम कृति ‘आनन्द संहिता’ को चर्चा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । र्‍यान्डम रिडर्स सोसाइटीले पोखरामा घनश्याम खड्काको नवीनतम कृति ‘आनन्द संहिता’ को चर्चा गरेको छ।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा कृतिमाथि संस्थाकै सहसचिव दीपक पराजुलीले अवधारणापत्र प्रस्तुत गरेका थिए। ‘मिथ्या’ उपन्यासका लेखक समेत रहेका साहित्यकार पराजुलीले ‘आनन्द संहिता’ लाई स्वसहयोगी कृति मात्रै नभई पाठकलाई बोध र बुद्धत्वतर्फ अभिमुख गराउने चेष्टा गरिएको कृतिका रूपमा चित्रण गरे। ‘यो पुस्तकमा घनश्याम दार्शनिक चिन्तकका रूपमा प्रस्तुत भएका छन् यद्यपि सारमा यो कृति आध्यात्मिक देशना हो, जसको प्राथमिक स्रोत हो बुद्ध दर्शन र साथमा गीता, उपनिषद्, योग र तन्त्र पनि जोडिएका छन्।’

पराजुलीले भने, ‘यसको व्याख्याको केन्द्र भनेको मनोविज्ञान हो जसका लागि आत्मावलोकनदेखि ध्यानसम्मका साधनात्मक सुझावहरू यसमा पेस गरिएका छन्।’ उनले कृतिलाई मानसिक उपचारको सूत्रका रूपमा चर्चा गरे।

‘आनन्द संहिता’ सुखतर्फ होइन आनन्दतर्फ अभिमुख हुन प्रेरणा दिने पुस्तक भएको तर्क गर्दै पराजुलीले यो कृति साधारण सिर्जना मात्र नभएर आध्यात्मिक चिन्तनको परिणाम भएकोमा जोड दिए। ‘पाठकलाई बोधको तहमा लैजाने, आफैंभित्र शान्ति र सुन्दरता अनुभूत गराउने प्रयासमा लेखक सफल भएका छन्।’ उनको भनाइ थियो। पाठकका मनमा शान्तिको अनुभूति गराउने एउटा अमूल्य उपहारका रूपमा ‘आनन्द संहिता’ आएको बताउँदै कृतिको महत्त्व समयसँगै झनै बढ्दै जाने पराजुलीले निष्कर्ष सुनाए।

लेखक खड्काले सबै मानिसले जुनसुकै माध्यमबाट भए पनि आनन्दको खोजी गर्ने र आनन्द प्राप्त गर्न आफूले बुझेका उपायहरूसहितका विचार पुस्तकमा प्रस्तुत गरेको जनाए।

‘फिलोसफी’ र ‘दर्शन’ पर्यायवाची शब्दका रूपमा लिने गरिए पनि यसमा भिन्नता रहेको भन्दै खड्काले अरूमाथिको तर्कशास्त्र फिलोसफी र आफैंमाथिको ज्ञान र देखिएको यथार्थ विषयवस्तु प्रस्तुत गर्नु दर्शन भएको धारणा राखे। आजको शिक्षाले सुल्झाउनुपर्नेमा उल्झाइराखेको बताउँदै उनले आजका विद्यार्थीलाई ‘माइन्डफुलनेस’ को अभ्यासमा लगाउनु आजको आवश्यकता भएको सुनाए।

‘आनन्द संहिता’ स्वयंकाे चिन्तन गर्न आग्रह गर्ने रचना भएको लेखक खड्काको भनाइ थियो। ‘कान्तिपुर’ दैनिकमार्फत पत्रकारितामा समेत क्रियाशील खड्काको यसअघि बुद्ध दर्शनमा आधारित उपन्यास ‘निर्वाण’ (२०७२) सहित पुतलीको घर, न्यायको अवसान, दरबारको दुःखान्त लगायतका कृतिहरू प्रकाशित छन्।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पठन संस्कृतिले नै मानिसमा विवेक निर्माण गर्ने धारणा राखे। पढाउनुपर्ने र पढ्नुपर्नेले मात्र नभई आम मानिसले पढ्नुपर्ने भन्दै आचार्यले आफ्नो व्यक्तिगत पुस्तकालयमा आफूले पढेका थुप्रै पुस्तक रहेको स्मरण गरे।

पुस्तक व्यवसायमा संलग्न रहँदा पुस्तकसम्बन्धी नीति निर्माणका लागि आफू लागेको र राज्यको तहसम्म छलफल गरेको भन्दै उनले आज पाठ्यपुस्तकको मूल्यमा केही हदसम्म व्यवस्थापन भए पनि साहित्यिक कृतिको व्यवस्थापनका लागि कार्य गर्न बाँकी रहेको भनाइ राखे। घनश्याम खड्काको किताबले आनन्दित रहने कला सिकाउने विचार राख्दै व्यक्ति, वस्तु र परिस्थितिलाई स्वीकारेर दुःख नहुने मेयर आचार्यले बताए। पठन संस्कृतिको विकासका लागि लाग्नुपर्ने उनको भनाइ थियो।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले लेखकहरू लेखनमा मात्र लागेर नपुग्ने धारणा राखे। अरूले के लेखेका छन् भन्ने पढ्नुपर्नेमा जोड दिंदै सरुभक्तले आनन्द प्राप्त गर्ने शैली अनुसार गुणस्तरमा फरक पर्ने जनाए।

मानवीय जीवनका सबै क्रियाकलाप मस्तिष्कको खेल भएको उनले जनाए । आनन्दलाई आफूले अहंको तुष्टिसँग तुलना गर्ने गरेको उनले जनाए। तनावग्रस्त विश्वलाई मुक्त गराउन  ‘आनन्द संहिता’ जस्ता कृतिहरू आउनुपर्ने सरुभक्तले जनाए । कार्यक्रममा सरस्वती प्रतीक्षा, बाबुराम सुवेदी, रामबहादुर माल, राममणि अधिकारी, श्रीकृष्ण पन्थी लगायतले कृतिकार र परिचर्चाकारलाई प्रश्न गरेका थिए। सोसाइटीको नियमित मासिक परिचर्चा कार्यक्रमको १०९ औं शृङ्खलाको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए। संस्थाले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयवस्तुमाथि परिचर्चा गर्दै आएको छ।

यो पनि पढ्नुहोस्

विवादितलाई कोषको सदस्यसचिव नियुक्त गर्न खोजिएको भन्दै असन्तुष्ट

विवादितलाई कोषको सदस्यसचिव नियुक्त गर्न खोजिएको भन्दै असन्तुष्ट

७ मिनेट अगाडि
युवाहरुले प्रदर्शन थालेपछि काठमाडौंबाट उड्न लागेको जहाज रोकिए

युवाहरुले प्रदर्शन थालेपछि काठमाडौंबाट उड्न लागेको जहाज रोकिए

१२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एनपीएल दोस्रो संस्करणको पहिलो खेल काठमान्डु गोर्खाजले जित्याे

पुराना गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न अनुमति दिने

युके र साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

हिमपात र शीत लहरकाे पूर्वतयारीका काम यथाशीघ्र गर्न निर्देशन

जथाभाबी एन्टिबायोटिक औषधीको प्रयोग नगर्न आग्रह

इमिरेट्स एयरलाइनले एकै पटक ६५ थान जहाज खरिद अर्डर

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक