सोम, भदौ १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पार्टीको जीवनमा हुनुपर्ने, नहुनुपर्ने सबै भयो -रवि लामिछाने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीमा छोटो समयमा हुनुपर्ने, नहुनुपर्ने सबै भएको बताएका छन् ।

काठमाडौंमा असोज १ गतेदेखि सुरु भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले पार्टी जन्मेदेखि आजसम्म समस्याले नछोडेको जनाए । भेलालाई सम्बोधन गर्दै भने, ‘छोटो समयमा राजनीतिक पार्टीको जीवनमा हुनुपर्ने, नहुनुपर्ने सबै घटनाक्रमको चाङमाथि उभिएर बसेका छौं । मलाई थाहा छ यो यात्रामा हामीले अनेकौं भोग्नुपर्यो । जन्मदेखि आजसम्म हामीलाई कुनै न कुनै अप्ठ्याराहरुले कुनै न कुनै समस्याहरुले छोडेको छैन ।’
तर ती समस्याहरुमा आफूहरुको कुनै भूमिका नभएको उनले सुनाए । रास्वपाको आगमन नै अरुका लागि समस्या भएको बताउँदै उनले रास्वपाले दुई तिहाइ बहुमत नल्याएसम्म यस्ता समस्या आइरहने खुलासा गरे । उनले भने, ‘आज म यहाँ उभिएर भन्न चाहन्छु, यो समस्या त हुन्छ नै हुन्छ । जबसम्म हुन्छ, तबसम्म रास्वपाले आफ्नो नेतृत्वको सरकार बनाउँदैन । जबसम्म बहुमत प्राप्त गर्दैन या दुई तिहाइ प्राप्त गरेर रास्वपाले यो देश हाँक्दैन तबसम्म यी समस्या त आई नै रहन्छन् ।’
नागरिकका अपेक्षाहरु धेरै भएका र रास्वपाको सपना पनि ठूलो भएको भन्दै उनले आफूहरुमाथिको प्रहार पनि त्यही अनुसार ठूलो हुने उन्को भनाई थियो ।
‘हामी सानो लडाइँका लागि यहाँ जम्मा भएका होइनौं । हाम्रा अपेक्षाहरु धेरै छन्, नागरिकका अपेक्षाहरु पनि धेरै छन्, त्यसकारण हाम्रो अपेक्षा पनि ठूलो छ,’ लामिछानेले भने, ‘हाम्रा सपना पनि ठूला छन्, हामीले चाल्ने कदम पनि ठूलै हुन्छ । हामी माथिको प्रहार र आक्रमण पनि त्यहीअनुसार ठूलै हुन्छ साथी हो । आज यो हलमा तपाईंहरु सबैलाई तयार रहनका लागि अनुरोध गर्न चाहान्छु ।’

यो पनि पढ्नुहोस्

प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

३ घण्टा अगाडि
आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुँदै

विपद् प्रभावित क्षेत्रमा उद्धार कांग्रेश पार्टीकाे निर्देशन

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उपत्यकाका यी ७ स्थानबाट ग्यास सिलिन्डर बिक्री वितरण गरिने

सबैभन्दा भारी बर्षा स्याङजामा

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

कृष्णनगर भन्सारले ९३ प्रतिशत राजश्व उठायो

नेपालको संस्कृतिलाई राष्ट्रिय पहिचानको मुख्य आधार बनाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक