आइत, बैशाख ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

नेपाल मेडिकल कलेजको अध्यक्षमा प्रा.डा. जैनुद्धिन अन्सारी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
नेपाल मेडिकल कलेजको अध्यक्षमा प्रा.डा. जैनुद्धिन अन्सारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको अध्यक्षमा प्रा.डा. जैनुद्धिन अन्सारी निर्वाचित हुनु भएको छ । शुक्रबार कलेजको २४ औं वार्षिक साधारण सभाले सफल मेडिकल व्यवसायी, सर्जन समेत रहेका प्रा.डा. अन्सारीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

लामो समयदेखि कलेजका अध्यक्ष रहनु भएका डा. भोला रिजालले प्रा.डा. अन्सारीलाई अध्यक्षको पदभार गराउनु भयो । पछिल्लो समय कलेजको प्रबन्ध निर्देशक रहेर काम गर्दै आउनु भएका प्रा.डा. अन्सारीको कुशल कार्य क्षमता, दक्षता र नेतृत्व देखेर साधारण सभाले अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको हो । प्रा.डा. अन्सारीसँगै साधारण सभाले डा. आनन्द प्रसाद श्रेष्ठ, डा. साविहा यासमिन, शाहनवाज अन्सारीलाई सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।

अध्यक्ष पदमा निर्वाचित भएपछि बोल्दै प्रा.डा. अन्सारीले नेपाल मेडिकल कलेजलाई नयाँ उचाई र सफलतामा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफु मोफसलमा रहेर लामो समयसम्म मेडिकल कलेज चलाउँदा हासिल गरेको अनुभवलाई नेपाल मेडिकल कलेजको व्यवस्थापनमा उपयोग गर्ने बताउँदै उहाँले भन्नुभयो,‘अहिले निर्वाचित भएको सञ्चालक समितिमा पुराना साथीहरु नै हुनुहुन्छ । पद त आउँछ जान्छ, तर, तपाई हामीहरु एकै ठाउँमा हुनुपर्छ । मलाई थप जिम्मेवारी र उद्देश्य प्राप्त भएको छ । यहाँहरुले गर्नु भएको विस्वास प्रति आभार प्रकट गर्छु ।’

नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवा र मेडिकल शिक्षामा उत्साहजनक सुधार भएको बताउँदै प्रा.डा. अन्सारीले आगामी दिनमा कार्डियोलोजी सेवा विस्तार गर्ने, सिटि, एमआरआई लगायत अत्याधुनिक स्वास्थ्य उपकरण भित्र्याउने र नयाँ सेवाहरु विस्तार गर्ने बताउनु भयो । ‘तपाईहरु धैर्य गर्नुहोस् नेपाल मेडिकल कलेज आगामी दिनमा अझ राम्रो बनाएर लैजान्छौं ।’ प्रा.डा. अन्सारीले कलेज स्थापनामा योगदान पुर्याउने संस्थापकहरुलाई धन्यवाद दिँदै भन्नुभयो ।

उहाँले नेपालको मेडिकल शिक्षालाई ध्वस्त बनाउन खासगरी निजी क्षेत्रबाट सञ्चालन भइरहेका मेडिकल कलेजहरु विगार्न ठूलै सड्यन्त्र भइरहेको बताउँदै त्यसका विरुद्ध सशक्त ढंगले अगाडी बढ्नु पर्ने जिकीर गर्नुभयो । ‘अहिले नेपालमा सबै विद्यार्थीहरु विदेश जाउन् नेपालमा नपढुन् भनेर लागेका छन् । नेपाली मेडिकल कलेज बन्द हुन् भनेर राज्य संयन्त्रनै लागेका छन् त्यसलाई चिर्न हामी एकबद्ध भएर अगाडी बढ्नु पर्छ ।’ पछिल्लो समय चिकित्सा शिक्षा आयोगले पिजीहरुलाई दिने भत्ता सुविधा बढाउन दवाव दिएको तर, शुल्क बढाउन नदिएकाले सम्पूर्ण नीजि मेडिकल कलेजहरुले यस पटक पीजीको सिट संख्या नमागेको जिकीर गर्नुभयो । आयोगले पीजीलाई मासिक ५० हजार भत्ता दिनुपर्ने निर्णय गरेपनि २३ लाख मात्र शुल्क लिएर ३ वर्षसम्म पढाउन नसकिने भन्दै प्रा.डा. अन्सारीले एशोसिएसन अफ प्राइभेट मेडिकल कलेज एण्ड डेण्टल कलेज अफ नेपाल’ले भनेअनुसार शुल्क लिन पाउनु पर्ने बताउनु भयो ।

यस्तै साधारण सभामा बोल्दै कलेज सञ्चालक सदस्य डा. भोला रिजालले संस्थापक अध्यक्ष डा. सच्चे कुमार पहारीले २०६७ सालमा कलेजको जिम्मेवारी दिएकोमा आजसम्म विस्वास र सहयोग गरेकोमा धन्यवाद दिँदै नेपाल मेडिकल कलेजको गौरबपूर्ण इतिहासलाई संरक्षण गर्दै नवनियुक्त अध्यक्षले कलेजलाई नयाँ उचाईमा लैजाने विस्वास व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै सञ्चालक समिति सदस्य डा. आनन्द प्रसाद श्रेष्ठले प्रा.डा. अन्सारी नेतृत्वको टीमले कलेजको व्यवस्थापन संहालेपछि स्वास्थ्य सेवा, मेडिकल शिक्षासँगै कलेजको आर्थिक र व्यवस्थापकीय पाटो बलियो भएर गएको बताउनु भयो ।

अर्का सञ्चालक सदस्य तथा डाइरेक्टर डा. साविहा यासमिनले कलेज व्यवस्थापनको जिम्मेवारीमा आफुहरु रहेपछि संस्थालाई सही ढंगले सञ्चालन गर्न सम्पूर्ण शेयर सदस्य, डाक्टर, नर्स तथा कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहेकोले आवश्यक सल्लाह सुझावहरु दिइरहनु अनुरोध गर्नुभयो । उहाँले कलेजको ३ वर्षयता सुधारका धेरै कामहरु भएको बताउँदै भन्नुभयो,‘हामीले ३ वर्षको अवधिमा व्यवस्थापकीय र स्वास्थ्य सेवामा सुधार गरेका छौं । फिलिप्सको क्याथ ल्याब सुरु गर्न गइरहेका छौं । सिटी र एमआरआई पनि सुरु गर्न गइरहेका छौं । डेण्टलको नयाँ भवन सुरु भइसकेको छ । नेपाल मेडिकल कलेजमा काम गर्दा मैले जुन साथ र सहयोग पाइरहेको छु भविष्यमा पनि पाउने आशा गरेको छु ।’

कलेजका सञ्चालक समिति सदस्य शाहनवाज अन्सारीले नेपाल मेडिकल कलेजको विकास, विस्तार र व्यवस्थापनमा सबैको उत्तिको ठूलो भूमिका रहने बताउँदै ३ वर्षको दौरानमा पाएको साथ र सहयोग आगामी दिनमा पनि प्रदान गर्न अनुरोध गर्नुभयो । आफुहरु सदैव सकारात्मक सोच बोकेर अगाडी बढ्ने बताउँदै उहाँले सञ्चालक सदस्यहरुसँग सम्पूर्ण कलेज परिवारबाट राम्रो साथ पाउने विस्वास व्यक्त गर्नुभयो ।

साधारण सभाले आर्थिक वर्ष २०७९/०८० को बजेट तथा अध्यक्षको प्रतिवेदन पास गरेको छ । २०५४ साल फागुन २५ गते स्थापना भएको यस कलेजमा मेडिकल शिक्षाका एमविविएस, विडिएस, एमडि/एमएस, एमडिएस, विएस्सी नर्सिङ, एमएस्सी नर्सिङ विषयमा अध्ययन अध्यापन हुने गरेको छ । स्वास्थ्य सेवा तर्फ कलेजले नविनतम स्वास्थ्य उपकरण सहित विशिष्टीकृत स्वास्थ्य सेवाहरु सञ्चालन गर्ने जनाएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा पाइने जडीबुटीबाट औषधि उत्पादनको ठुलो सम्भावना

नेपालमा पाइने जडीबुटीबाट औषधि उत्पादनको ठुलो सम्भावना

७ दिन अगाडि
लोमान्थाङ गाउँपालिकामा आधारभूत अस्पताल भवन निर्माण

नेपालको स्वास्थ्य प्रणाली समस्याग्रस्त

७ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संयुक्त राष्ट्रसङ्घको बाध्यकारी दायित्व

नेपाल आउँदै अमेरिकी सहायक विदेशमन्त्री

सुदृढीकरणको नयाँ वातावरणका रूपमा लिनुपर्ने

खिल निकाल्ने वर्ष २०८३ को शुभकामना !

विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक