सोम, फाल्गुन ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home वाणिज्य बैंक/वित्त

एनआईसी एसिया बैंक डिजिटल बैंकमा रुपान्तरण

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
एनआईसी एशिया बैंकले नाफाबाट कुनै पनि लाभांश नबाँड्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ  ।  एनआईसी एसिया बैंकले डिजिटल बैंकमा रुपान्तरण हुनेगरी तयारी अगाडि बढाएको छ। परम्परागत बैंकिङ प्रणालीबाट डिजिटल बैंकिङतर्फ अगाडि बढ्नेगरी बैंकले आफ्नो प्रविधिमा व्यापक परिवर्तन गरिरहेको छ।

हाल प्रतिनिधिसभामा विचाराधीन बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया) पारित भएपछि डिजिटल बैंकको इजाजत दिने प्रकृया अगाडि बढ्ने छ। डिजिटल बैंकको इजाजत लिनका लागि एनआईसी एसिया बैंकले आफ्नो सक्रियतालाई तीब्रता दिएको छ। परम्परागत बैंकिङका रुपमा गरिरहेको कामबाट अगाडि बढेर एनआईसी एसिया बैंक आफूलाई रुपान्तरण गर्ने बाटोमा जान लागेको हो। डिजिटल बैंकमा रुपान्तरण हुनेगरी पूर्वाधार निर्माण भइरहेको बैंक स्रोतले जानकारी दिएको छ।

‘नेपालको पहिलो डिजिटल बैंक बन्नेगरी एनआईसी एसिया बैंकले आफ्नो तयारी अगाडि बढाएको छ। आफ्नो वित्तीय सूचकहरूमा सुधार गर्दै सूचना प्रविधिमार्फत नयाँ फड्को मार्नेगरी डिजिटल बैंकको तयारीमा एनआईसी एसिया बैंक अगाडि बढेको छ। बाफिया संसदबाट पारित भएपछि डिजिटल बैंकको लाइसेन्स खुलेसँगै एनआईसी एसिया नयाँ रणनीतिसाथ डिजिटल बैंकको रुपमा अगाडि आउने छ,’ बैंक स्रोतले भन्यो।

परम्परागत बैंकिङबाट भइरहेको कामभन्दा अगाडि बढेर एनआईसी एसिया बैंक डिजिटल बैंकको रुपमा सशक्त भएर आउने तयारी गरिरहेको हो। बैंकले डिजिटल प्रणालीमा सुधार गर्दै साइबर सेक्युरिटीमा पछिल्लो समय लगानी बढाइरहेको छ। एनआईसी एसिया बैंकले सम्पूर्ण बैंकिङ सेवा डिजिटल माध्यमबाट गर्ने भन्दै कोभिडको समयदेखि नै आइसर्भ प्रणाली सञ्चालनमा ल्याइरहेको छ। केवाईसी अपडेटदेखि मोबाइल बैंकिङका सम्पूर्ण सुविधाहरू अनलाइनको माध्यमबाटै दिइरहेको छ।

दोस्रो पटक आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा बेस्ट इन डिजिटल बैंकिङ अवार्ड प्राप्त गरेको विषयमा जानकारी दिँदै एनआईसी एसिया बैंकले पहिलो डिजिटल बैंकमा रुपान्तरणको तयारी भएको समेत उल्लेख गरेको छ। ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरुप सम्पूर्ण बैंकिङ सेवाहरू क्रमिकरुपले डिजिटल माध्यममा रुपान्तरण गरिरहेको बैंकलाई प्राप्त उक्त पुरस्कारले डिजिटल बैंकिङमा अझ बढी उत्प्रेरणा प्रदान गरेको उल्लेख गरिएको छ।

यस्तै यस बैंकले धितो लिलाम बिक्रीका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। पोर्टलमार्फत बैंकले लिलाम-बिक्री गर्ने सम्पत्तिहरूसम्बन्धी सम्पूर्ण सूचनाको जानकारी दिने उल्लेख गरेको छ। सरकारले डिजिटल बैंकिङ सञ्चालनमा ल्याउने घोषणा गरेपनि यसको सञ्चालन प्रक्रिया, पुँजी, काम कर्तव्य अधिकार, प्रविधि लगायतका विषयमा राष्ट्र बैंकले कुनै पनि ठोस नीति अगाडि ल्याएको छैन।

यद्यपी राष्ट्र बैंकले अध्ययन गरिरहेको क्राउड फण्डिङ र पीटूपी ल्याण्डिङ डिजिटल बैंकिङकै अवधारणा भएको बताइएको छ।यस्तै राष्ट्र बैंकले अध्ययन गरिरहेको सेन्ट्रल बैंक डिजिटल करेन्सी ९सीबीडीसी० नामक डिजिटल मुद्राबाट बैंकिङ कारोबार गर्ने बताइएको छ। यस्तै डिजिटल बैंकले अनलाइन प्रणालीका माध्यमबाट निक्षेप संकलन र कर्जा दिनसक्ने गरी अवधारणा अगाडि ल्याइने जनाइएको छ।

कतिपय बैंकहरूले आफूले सञ्चालनमा ल्याएको मोबाइल बैंकिङको एप्लिकेसनलाई नै डिजिटल बैंकको रुपमा परिभाषित गरिरहेका छन्। उनीहरूले तलब खाताका आधारमा २ देखि ५ लाखसम्मको कर्जा मोबाइल बैंकिङबाटै दिनसमेत थालेका छन्। तर राष्ट्र बैंकले सञ्चालनमा ल्याउन खोजेको र एनआईसी एसिया बैंक रुपान्तरण हुन खोजेको डिजिटल बैंकिङ वाणिज्य बैंक वा सोभन्दा बृहत आकारको हुने अपेक्षा गरिएको छ। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन पारित भएसँगै डिजिटल बैंकको अवधारणाले थप प्रष्टता पाउँदै जाने राष्ट्र बैंकका अधिकारीहरू जनाउँछन्।

यो पनि पढ्नुहोस्

अधिकांश बैङ्कको ब्याजदर घट्याे

अधिकांश बैङ्कको ब्याजदर घट्याे

३ दिन अगाडि
नेपाल ‘ग्रे लिष्ट’ पर्नु चुनौती पूर्ण

नेपाल ‘ग्रे लिष्ट’ पर्नु चुनौती पूर्ण

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

मतदाता शिक्षा कार्यक्रम सुरु

यस्ताे छ पशुपतिमा पार्किङको व्यवस्था

पश्चिमी वायुको आंशिक प्रभाव

आज महाशिवरात्रि पर्व मनाउँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक