मङ्ल, बैशाख ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सुगौली सन्धिमा गुमेको नेपाली भूमी ल्याउन पार्टी र मोर्चाबीच सहकार्य

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
सुगौली सन्धिमा गुमेको नेपाली भूमी ल्याउन पार्टी र मोर्चाबीच सहकार्य
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सुगौली सन्धीमा गुमेको नेपाली भूमीलाई फिर्ता ल्याउन विशाल नेपाल कम्युनिस्ट पार्टी र ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सहकार्य गर्ने घोषणा गरेका छन् । बिहिबार राजधानीको संवाद डबलीमा पार्टीले पहिलो पत्रकार सम्मेलनको आयोजना गरी उनिहरुले आफ्नै जीवनकालमा भारतिय कब्जामा रहेको भूमि फिर्ता ल्याउन सकिने दाबी गरेका छन् ।

विशाल नेपाल कम्युनिस्ट पार्टीको प्रथम पत्रकार सम्मेलनमा स्थायी समिती सदस्य विवेकले १८१६ को सुगौली सन्धीबाट गुमेको भूमिलाई फिर्त नगरेसम्म नेपाल स्वाधिन, समृद्ध र शक्तिशाली नहुने बताएका छन् । नेपालको राष्ट्रिय स्वधिनता र अधुरो वर्ग संर्षलाई पूरा गर्न क्रान्तिकारी कम्युनिस्ट तथा राष्ट्रवादी शक्तिहरुसँग एकता–सहकार्य गर्दै जाने पनि बताए । सोका लागि ग्रेटर नेपाल राष्ट्रवादी मोर्चासँग सहकार्य गरेको बताउँदै भने,“४ दशकदेखि गुमेको भूमीको वोकालत गर्दै आउनु भएका फणिन्द्र नेपालजीसँग पहिलो सहकार्य भयो जुन एैतिहासिक छ ।”

विवेकले देशको पक्षमा बोल्ने सच्चा राष्ट्रवादीहरुको हत्या भएको विषयलाई स्मरण गर्दै भने,“हामीले भरतिय कब्जामा रहेको भूमिको मुद्धा उठाउँदै गर्दा हाम्रा समु चुनौतिका पहाड खडा हुने नै छन्, विगतमा, मदनभण्डारी, वीरेन्द्रलगायतको हत्या भयो, हामी पनि आवश्यक पर्दा बलिदानको लागि तयार हुनेछौं, तर कसैसामु झक्ने या बिक्ने छैनौं ।” विवेकले सुगौली सन्धी, गोर्खा भर्ति, असमान जलस्रोत तथा ब्यापार लागयत सन्धि–सम्झौता खारेजीको लागि निरन्तर राष्ट्रिय स्वाधिनताको अभियान चलाईरहेने बताए ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले भारतिय कब्जामा रहेको नेपाली भूमि शासकहरुले स्वार्थबाट मुक्त हुँदै आँट गरी माग राखे भारतले छाड्नु पर्ने धारणा राखे । उनले भारतले राजदुतावासमा बसेर ७५औं स्वतन्त्रा दिवस मनाइरहँदा सो कुरा अवैधानिक भएको बताउँदै भने,“ब्रिटिसहरुले इण्डिया छाड्दै गर्दा नेपाली भूमि फिर्ता गरेका थिए, तर उसले अझै अवैधानीक तवरले हाम्रो भूमि भोगचलन गरिरहेको छ, दुतावासमा बसेर झण्डा फहराउँछ, जुन हामीले सहनु हुन्न ।”

विशाल नेपाल पार्टीको राष्ट्रियताको मुद्धा उठाएकोमा शुभकामना दिदै भने,“म ग्रेटर नेपालको मुद्धा उठाउने हरेक पार्टीको झोला बोक्न तयार भएँ, तर विगतमा कसैले पनि त्यो आँट गरेनन्, अब यो पार्टीले मालाई त्यो अवसर दिन्छ भन्ने विश्वास छ ।” नेपालले मुद्धा उठाउने तर कालान्तरमा डरले भाग्ने तथा लोभमा विक्नेहरुको ताँती रहेको स्मरण गर्दै भने,“यो पार्टी अरु जस्तैः नडराओस्–नबिकोस् शुभकामना छ र तपाईहरुले चाल्ने राष्ट्र अनि राष्ट्रियता सम्बन्धी कदममा मेरो साथ रहने छ ।”

पार्टीका सचिवालय सदस्य चेतनाथ ओली ‘सफल’ले आफ्नो पार्टीले चुनौतिपूर्ण मुद्धा उठाउँदै गर्दा धेरैले असम्भव रहेको बताए पनि आफूहरुले अन्तिमसम्म लड्ने प्रतिबद्धता व्यक्त गरे । ओलीले कहिल्यै पनि कसैको गुलाम नरहेको नेपाल विगत र वर्तमान शासकहरुको कमजोरीका कारण देश झन कंगाल हुँदै गएको बताउँदै भने,“कानुन संवत नेपाली भूमी फिर्ता हुने अवस्था रहँदा पनि स्वर्थ र भयले उनिहरु भारतसामु सम्झौत गर्छन, तर अब त्यस्तो हुन दिनु हुन्न ।”

पार्टी स्थायी समिति सदस्य विकल्पले देशको स्वाधिनता र समृद्धिका लागि कुनै न कुनै शक्तिले ग्रेटर नेपालको मुद्धा उठाउनै पर्ने र आफूहरु त्यो बाटोमा निर्भिकतासाथ अगाडी बढ्ने बताए ।

यो पनि पढ्नुहोस्

भड़ारमा रुख बाट लड्दा एक महिलाको मृत्यु

खोलामा डुबेर एकै घरका दुई जना बालकको निधन

१३ घण्टा अगाडि
पाकिस्तान र अफगानिस्तानको सिमा क्षेत्रमा भूकम्पको धक्का महसुस

जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयाे

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नागरिकको जीउज्यानमाथिदमन गरेको भन्दै घोर भर्त्सना

डायस्पोरा बण्ड सुरु गर्नुभन्दा पहिला वितको समीक्षा गरौँ : उपाध्यक्ष लोक दाहाल

आज प्रधानमन्त्री र उपकुलपतिहरूबीच छलफल हुने

चलचित्र ‘स्टेशन’को शुभमुहूर्त

राप्रपाकाे बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक