आइत, फाल्गुन ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पेट्रोलको खपत कम गराउने नमूना गाडी निर्माण

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
पेट्रोलको खपत कम गराउने नमूना गाडी निर्माण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । रिन्युजेन रिसोर्सेजले इन्जिनियरिङ अध्ययन संस्थान र पुल्चोक क्याम्पसको सहकार्यमा पेट्रोल र हाइड्रोजनबाट चल्ने गाडी निर्माण गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सोमबार सो गाडीको शुभारम्भ गरे । पेट्रोल र हाइड्रोजनबाट चल्ने इन्जिन निर्माणको नेतृत्व गरेका डा. प्रकाश थापाले पेट्रोलबाट चल्ने पुरानो कारको इन्जिनलाई हाइड्रोजन उपयोग गरी पेट्रोलको खपत कम गराउने इन्जिन पहिलो पटक नमूनाका रूपमा बनाइएको जानकारी दिए । यो प्रविधिको विकास र विस्तार गर्न सके थोत्रा भई थन्किएका सयौं सवारीसाधनलाई पुनः प्रयोगमा ल्याउन सकिने उनको भनाइ छ ।

कार्यक्रममा मन्त्री दाहालले नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा रहेको बताए । प्रविधिको उपयोगबाट प्रगति र समृद्धिको यात्रा सहज बनाउन सकिने भन्दै उनले समृद्ध नेपालको लक्ष्य प्राप्त गर्न वैकल्पिक ऊर्जा, प्रविधि र अनुसन्धानलाई प्रोत्साहन गर्न सरकार तयार रहेको जनाए ।

औद्योगिक मुलुकका कारण विश्वव्यापी रूपमा बढिरहेको कार्बन उत्सर्जनको मार नेपालजस्ता मुलुकमा समेत पर्दा हिमालदेखि समुद्रसम्म प्रदूषणको असर देखिएको उनको भनाइ छ । यस्ता विश्वव्यापी चुनौतीको सामना गर्न नेपाल पनि तयार रहनु पर्ने उनले जनाए ।

वातावरणमैत्री र नवीकरणीय इन्धनको प्रवर्द्धनमा जोड दिन जरुरी रहेको उनको भनाइ छ । कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले हाइड्रोजन नेपालले प्राकृतिक रूपबाट प्राप्त गर्न सक्ने भएकाले औद्योगिक उत्पादन र उपयोगका लागि कानुनी व्यवस्था गर्न मन्त्रालय तयार रहेको जनाए ।

कार्यक्रममा ‘कन्भर्सन’ प्रविधि उपयोग गरी इन्जिन रुपान्तरण गरिएको कारमा मन्त्री दाहाल, सांसद ठाकुर गैरे, पूर्वमन्त्री कर्णबहादुर थापा समेत सवार भई केही दुरी यात्रा समेत गरेका थिए ।

यो पनि पढ्नुहोस्

जेनजीले नभई अपराधीहरूले आन्दोलन गरेकाे आराेप

जेनजीले नभई अपराधीहरूले आन्दोलन गरेकाे आराेप

१३ मिनेट अगाडि
बजारमा सुनको मूल्य तोलाको रु एक लाख ७० हजार

सुनको भाउमा वृद्धि

१९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

यस्ताे छ पशुपतिमा पार्किङको व्यवस्था

पश्चिमी वायुको आंशिक प्रभाव

आज महाशिवरात्रि पर्व मनाउँदै

मतदाता शिक्षा कार्यक्रम सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक