काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार गर्दा शुल्क नलाग्ने विषयमा छलफल गर्न थालेको जनाएका छन् ।
साना डिजिटल कारोबार निःशुल्क गर्ने विषयमा सम्बन्धित अधिकारीसँग छलफल गर्न थालेको जानकारी दिएका हुन् ।
पछिल्लो समय नेपालमा डिजिटल करोबार बढ्दै गएको छ । सानो सानो कारोबार पनि डिजिटल माध्यमबाट हुन थालेको छ । तर सानो डिजिटल कारोबार गर्दा पनि ११ रूपैयाँ शुल्क लाग्ने गर्दा धेरै प्रयोगकर्ता मर्कामा परेका छन् । यही विषयलाई सम्बोधन गर्न छलफल गरिरहेको ओलीको भनाइ छ ।