काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पीडित बालिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण न्याय नपाएर मर्नु परेका कारण बाल दिवसको शुभकामना दिन नसकिएको जनाएका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले सो कुरा जनाएका हुन् ।
उनले बाल दिवसको शुभकामना स्वयम् प्रधानमन्त्रीलाई टक्रयाउन चाहेको र ग्रहण गर्न आग्रह गरेका छन् । शाहले सामाजिक सञ्जालमा लेखेका छन्- ‘पीडित बालिकाहरुले प्रम (खडगप्रसाद ओली)का कारण न्याय नपाएर मर्नु परेका कारण बाल दिवसको शुभकामना दिन सकिन,सो शुभकामना स्वय प्रम ज्युलाई नै टक्राउन चाहन्छु ग्रहण गर्नुहोला ।’